राजपासहित देउवालाई समर्थन गर्ने सांसदको संख्या ३ सय ८८ पुग्यो

0
405

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले प्रधानमन्त्री निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने भएको छ। नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि संविधान संशोधन विधेयकलाई अघि बढाउन कांग्रेस तयार भएपछि राजपाले देउवालाई समर्थन गर्ने भएको हो।

‘राजपाले प्रधानमन्त्रीका लागि देउवालाई समर्थन गर्ने र सरकारले संविधान संशोधन विधेयक अघि बढाउने सहमति भएको छ,’ कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले भने, ‘अहिले उहाँहरूले समर्थन गर्ने तर सरकारमा नआउने भन्नुभएको छ।’

बिगतमा भएका सहमतिको पालना गर्ने शर्तमा राजपाले देउवालाई समर्थन गर्ने समझ्दारी भएको राजपाका नेता केशब झाले सेतोपाटीलाई बताए ।

राजपाले देउवालाई समर्थन गर्ने आश्वासन दिए पनि त्यसका लागि लिखित सहमति हुनुपर्ने शर्त अघि सारेको छ ।

राजपासँग २४ सांसद छन् । राजपाको समर्थनसँगै देउवालाई ३ सय ८५ देखि ३ सय ८८ सांसदको समर्थन रहने कांग्रेस सांसद विश्वकर्माले बताए।

प्रधानमन्त्रीमा निर्वाचित हुनका लागि २ सय ९८ जना सांसदको समर्थन जरूरी पर्छ । हाल संसदमा ५ सय ९३ जना सांसद छन् । प्रधामन्त्री चयनका लागि देउवाको मात्रै उम्मेद्वारी परेको छ।

LEAVE A REPLY