राष्ट्रपति/उपराष्ट्रपतिकै सन्तति सुशोभित

0
470
/fi6«klt ljBfb]jL e08f/Ln] gjf}+ u0ftGq lbj;sf cj;/df z'qmaf/ lztn lgjf;df cfof]lht ;df/f]xdf g]kfn /Tg lje'if0f–dbge08f/L d/0ff]k/fGt lje'if0f e08f/Lsf 5f]/Lx? piffsl/0f e08f/L / lg;fs';'d e08f/LnfO{ k|bfg ul/b} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं गणतन्त्र दिवसको अवसरमा शुक्रबार आफ्ना तथा उपराष्ट्रपतिका परिवारका सदस्यसहित २ सय ५८ जनालाई सुशोभित गरेकी छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नेकपा एमालेका तत्कालीन महासचिव एवं आफ्ना पति मदन भण्डारीलाई मणरोपरान्त नेपाल रत्न विभूषण प्रदान गरिन् । सो विभूषण भण्डारीका छोरीद्वय उषाकिरण भण्डारी र निसाकुसुम भण्डारीले ग्रहण गरे ।

त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुनलाई समेत जनसेवाश्री पदकले विभूषित गरिएको छ । पुनले आफ्नो फेसबुक पेजमा सुशोभनका लागि उपस्थित हुन गृह मन्त्रालयले पठाएको पत्रको तस्बिर राखेका छन् ।

विभूषण, तक्मा तथा पदक वितरणको स्पष्ट मापदण्ड नभएको नेपालमा आफू निकटका व्यक्ति तथा परिवारका सदस्यलाई प्रदान गर्ने चलन लामो समयदेखिको हो । पञ्चायतदेखि प्रजातन्त्र कालसम्म राजपरिवारका सदस्यलाई प्राथमिकताका साथ विभिन्न विभूषण प्रदान गरिन्थ्योे ।

त्यसैगरी पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त राष्ट्र गौरव विभूषण प्रदान गरिएको छ । संविधानसभा पूर्वअध्यक्ष सुवास नेम्बाङ, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा (मरणोपरान्त), ऊर्जामन्त्री जनार्दन शर्मा, सर्वोच्च अदालतमा पूर्वन्यायाधीश वैद्यनाथ उपाध्याप, प्रधानसेनापति रविन्द्र क्षत्री र मुख्यसचिव सोमलाल सुदेवीलाई पनि विभिन्न विभूषण प्रदान गरिएको छ ।

एक उत्तर छोड्न