रोनाल्डोलाई कर छलीमा ६ वर्षसम्मको सजाय हुन सक्ने

0
540

कर छलीको मामिलामा अनुसन्धानरत रियल म्याड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो संकटमा परेका छन्। कर छलीको मामिलामा दोषी पाइएको खण्डमा उनलाई ६ वर्षसम्मको जेल सजाय हुने बताइएको छ।

रोनाल्डोलाई कर छलीमा बयानका लागि स्पेनिस अदालतले केही समयपछि बोलाउने सम्भावना बलियो छ। बार्सिलोनाका अर्का अर्जेन्टिनी स्टार लिओनल मेसी पनि कर छलीको मामिलामा स्पेनको अदालतमा बयानका लागि उपस्थित भएका थिए। उनलाई २१ महिनाको जेल सजाय सुनाइएको थियो। स्पेनको कानुनअनुसार कल छलीमा २१ महिनाको जेल सजाय हुँदा कानुनले तोकेको रकम तिरेर जेल नबस्नु पर्ने सुविधा पनि छ।

रोनाल्डोको मुद्धामा विदेशी विनिमय अपचलनको मुद्धा पनि छ। उनले कर छलीमा करौडौं विदेशी रकमको छली गरेको आरोप लागेको छ। स्पेनिस पत्रिका अल मुन्डोका अनुसार छानवीन प्रक्रिया अगाडि बढेको खण्डमा निकट भविष्यमै रोनाल्डोले अदालतका न्यायाधिससमक्ष बयानका लागि पेश हुनु पर्नेछ।

स्पेनिस कर विभागका महासचिव जोसे मायिा मोलिनेडोले दोषी पाइएको खण्डमा रोनाल्डोलाई २ देखि ६ बर्षसम्मको जेल सजाय हुने स्पष्ट पारे। रोनाल्डोले विज्ञाप्न कम्पनीसँग अनुबन्ध गर्दा चार प्रतिशतमात्र कर तिरेको आरोप छ।

एक उत्तर छोड्न