लोकमानले मुद्दा हारे, अख्तियारको प्रमुख आयुक्त हुन अयोग्य ठहर

100
Loading...

पुस २४, २०७३ काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की पदमुक्त भएका छन्। उनको योग्यता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको विपक्षमा फैसला गरेपछि उनी अख्तियारको प्रमुख आयुक्तबाट पदमुक्त भएका हुन्। संसदमा महाभियोग प्रस्ताव दर्ता भएर निलम्बनमा रहेका कार्कीको योग्यता सम्बन्धी रिटमा आइतबार फैसला सुनाएको हो। रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालको तर्फबाट उनीसहित शम्भु थापा, टिकाराम भट्टराई, रमेश बडाललगायतले बहस गरेका थिए। कार्कीका तर्फबाट सुशील पन्त, बद्रीबहादुर कार्की, महादेव यादवलगायतले बहस गरेका थिए। टाइमलाइन २०६९ चैत १ गते : पूर्व मुख्य सचिव लोमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस। २०६९ चैत ७ गते : अख्तियार प्रमुखमा कार्कीको नियुक्ति रोकी पाउँ भन्दै सर्वोच्च अदालतमा रिट दायर। २०६९ चैत ९ गते : तत्कालीन न्यायाधीश सुशीला कार्कीको इजलासले  नियुक्ति रोक्न अन्तरिम आदेश। २०७० वैशाख १६ गते : न्यायाधीश गिरिशचन्द्र लाल र तर्कराज भट्टको इजलासले अन्तरिम आदेश खारेज। लोकमानसिंह कार्कीलाई अख्तियार प्रवेशको बाटो खुला। २०७० बैशाख २२ गते : विवाद र विरोधकाबीच संवैधानिक परिषदले कार्कीलाई अख्तियारको प्रमुख आयुक्त बनाउन राष्ट्रपतिसमक्ष सिफारिस। २०७० बैशाख २५ गते : कार्कीको सपथ ग्रहण।

LEAVE A REPLY