वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन

0
472

काठमाडौं : बरिष्ठ लेखक तथा साहित्यकार कमलमणि दीक्षितको निधन भएको छ । स्वासप्रश्वास सम्वन्धी रोगवाट पीडित दीक्षितको ८७ बर्षको उमेरमा आज विहान २ः४५ निधन भएको हो।

मदन पुरस्कार गुठीका अध्यक्ष समेत रहेका दीक्षितको सक्रियतामा वि.सं २०१२ सालमा गुठीको स्थापना भएको थियो । स्वर्गीय दीक्षितले ६ दर्जनबढी पुस्तकको लेखन तथा सम्पादन गरेका छन्।

उनी मदन मेमोरियल स्कुल, साझा प्रकाशन, गोरखापत्र संस्थान, रोटरी क्लब,जनक (जानकी सभा, बीपी कोइराला संग्रहालय समिति, बीपी कोइराला नेपाल(भारत प्रतिष्ठान आदि जस्ता दर्जनौं भाषिक, साहित्यिक, सांस्कृतिक संस्थाहरूमा सक्रिय थिए।

उनको आजै बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

एक उत्तर छोड्न