विजयी जुलुसमा एमालेमाथि आक्रमण

0
400

सुनसरी – रामधुनी भासी नगरपालिका वडा नं ५ का वडाध्यक्षका उमेद्वार डेगराज फुयाल विजयी भए पछि निकालिएको विजयी जुलुसमा काग्रेस कार्यकर्ताले आक्रमण गरेको एमालेले जनाएको छ ।

आक्रमणमा युवासंघ नगर अध्यक्ष पुस्कर कार्की, एमाले नगर सदस्य कमल काफ्ले घाइते भएको रातोपाटी संवाददाताले जनाएका छन् ।

वेलुका मतपरिणाम घोषण भए पछि रामधुनी ७ मा निकालिएको विजय जुलुसमा भाला, हेल्मेट र बाँस प्रयोग गरिएको एमाले कार्यकर्ताहरुले बताएका छन् ।

इलाका प्रहरी कार्यालय पकलीका इन्पेक्टर शान्तराम कार्कीले भने समान्य विवाद भएको र त्यबारे आफुले अनुसन्धान गरिरहेको बताए ।

एक उत्तर छोड्न