विराटनगरको लगातार तेस्रो हार, सन्दिप लामिछानेको टिम पहिलो चरणबाटै बाहिने खतरामा

0
292

पोखरा । पोखरामा जारि पोखरा प्रिमियर लिग अन्तर्गत खेलमा विराटनगर टाइटान्सले लगातार पराजित व्यहोरेको छ । आज बिहान पोखरा रंगशालामा भएको पहिलो खेलमा काठमाडौं रोयल्ससँग ५ विकेट पराजित भएपछि विराटनगरले लगातार तेस्रो हार व्यहोरेको हो ।

सन्दिप लामिछानेको टिम विराटनगरलाई पराजित गर्दै काठमाडौंले भने लगातार दोस्रो जित निकालेको छ । विराटनगरले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौंले अन्तिम ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

काठमाडौंको जितमा भारतीय खेलाडी गौरव तमोरले ३९ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६६ रन जोडे । ओपनर अमित श्रेष्ठले ३५ रन, कप्तान ज्ञानेन्द्र मल्ल १७ रन जोडे । विराटनगरका शाहव आलमले २ विकेट लिए । सन्दीप लामिछाने, किशोर महतो र जितेन्द्र मुखियाले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले राम्रो शुरुवात गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

लगातार तेस्रो हारसँगै सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर पहिलो चरणबाटै बाहिने खतरामा परेको छ। यसअघि पहिलो खेलमा विराटनगरलाई घरेलु टिम पोखराले ५८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। आइतबार भएको दोस्रो खेलमा पनि विराटनगर धनगढी बुल्जलेसँग ७८ रनको विशाल अन्तरले पराजि भएको थियो ।

अब विराटनगरले चौथो खेलमा बुटवल ब्लास्टर्ससँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा विराटनगरको भिडन्त राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ।

एक उत्तर छोड्न