विशेन्द्र पासवानलाई प्रचण्डको अफर पाँच सांसद ल्याउनुहोस,दुई मन्त्रालय लैजानुहोस

0
414

सरकारले संविधान संशोधन प्रस्ताव टेवल गरेसँगै उक्त प्रस्ताव जसरी पनि पास गराउने धुनमा प्रधानमन्त्री प्रचण्ड लागिपरेका छन । उक्त प्रस्तावको पक्षमा मतदान गरेको खण्डमा आकर्षक मन्त्रालय दिने अफर समेत प्रधानमन्त्री प्रचण्डले विभिन्न दलका नेताहरुलाई बाँडेका छन । प्रचण्डले केही नेताहरुलाई वालुवाटार नै बोलाएर त केही नेताहरुलाई मौखिक रुपमा प्रस्ताव पठाएको बुझिएको छ । पछिल्लो चरणमा एक सिटे पार्टीका सांसद विश्वेन्द्र पासवानलाई वालुवाटार बोलाएर सरकारलाई समर्थन गर्न आग्रह गरेका छन । वालुवाटार निकट स्रोतका अनुसार,केही दिन अगाडि मात्र बालुवाटार बोलाइएका पासवानलाई साना दलका पाँच जना सांसदको तर्फबाट संविधान संशोधनको प्रस्तावको पक्षमा प्रतिवद्ध जनाएको खण्डमा दुईवटा मन्त्रालय दिने आश्वासन देखाएका छन । प्रचण्डले यस्तो अफर गरिरहँदा त्यहाँ कांग्रेस सभापति देउवा समेत बालुवाटारमै थिए । यता,माले निकट स्रोतका अनुसार,प्रधानमन्त्री प्रचण्डले माले महासचिव सिपी मैनालीलाई उपप्रधान सहित महिला बालबालिका मन्त्रालय लैजान प्रस्ताव पठाएका छन । केही दिन अगाडि मात्र प्रधानमन्त्री प्रचण्डले कमल थापा र विजय गच्छदारलाई समेत संविधान संशोधनको पक्षमा मतदान गरे उपप्रधानमन्त्री दिने आश्वासन बाडेका थिए । संविधान संशोधन बिषय टेवल भइसकेको छ । अहिले प्रमुख प्रतिपक्षी एमाले सहित माले,जनमोर्चा,मजदुर किसान पार्टी, नेपाल परिवार दल लगायतका नौ दल संविधान संशोनधको विपक्षमा छन । सरकारलाई संविधान संशोधन पास गराउन जम्मा पाँच मत मात्र अपूग देखिदै आएको छ । यही कारण प्रधानमन्त्री प्रचण्ड सांसद खरिद गरेरै भए पनि प्रस्ताव पास गराई छाड्ने धुनमा छन ।

एक उत्तर छोड्न