शङ्खरापुरमा प्याराग्लाइडिङको आकर्षण बढ्दो

0
258
zªv/fk'/df Kof/fUnfOl8ª sf7df8f}Fsf] pQ/k"jL{ If]q zªv/fk'/ gu/kflnsf–@ l:yt b]p/fnLdf zªv/fk'/ Kof/fUnfOl8ª k|flnåf/f ;~rflnt …zªv/fk'/ Kof/fUnfOl8ªdf /dfpFb} ljb]zL ko{6s . t:jL/ M s'df/ rf}nfufO{F, /f;;

काठमाडौँको उत्तरपूर्वी क्षेत्र शङ्खरापुर नगरपालिका–२ स्थित देउरालीमा सञ्चालित ‘शङ्खरापुर प्याराग्लाइडिङ’ले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गरिरहेको छ ।

पर्यटन पूर्वाधारको रुपमा लिइने मनोरञ्जनात्मक हवाई उडान ९प्याराग्लाइडिङ० मा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएपछि यहाँ प्याराग्लाइडिङ खेल यसै वर्षदेखि व्यावसायिकरुपमा शुरु गरिएको हो ।

हिमाली शृंखलाका साथै काठमाडौंँ, भक्तपुर र मेलम्चीको समेत दृश्यावलोकन गर्न मिल्ने गरी व्यावसायिक उडान शुरु भएको शङ्खरापुर प्याराग्लाइडिङ प्रालिका प्रबन्ध निर्देशक कुशल थापाले बताउनुभयो । विसं २०७० मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र स्थानीय प्रशासनको अनुमतिमा परीक्षण उडान शुरु गरेको प्रालिले यस वर्षदेखि व्यावसायिक उडान शुरु गरेको हो ।

समुद्र सतहबाट एक हजार ९०५ मिटरको उचाइमा रहेको उक्त स्थानबाट उडान भरेपछि करीब ३० मिनेटको उडानपछि शङ्खरापुर नगरपालिका–२ पटापमा अवतरण हुन्छ ।

अहिले शङ्खरापुर प्याराग्लाइडिङ प्रालि नेपालसँग १२ जना सोलो ९एक्लै० र चारजना व्यावसायिक पाइलट रहेका छन् । विदेशीका लागि प्रतिव्यक्ति एकसय अमेरिकी डलर र नेपालीका लागि रु पाँच हजार ५०० शुल्क निर्धारण गरिएको छ ।

राजधानीबाट नजीकै भएका कारण पनि साहसिक खेल मानिएको ‘प्याराग्लाइडिङ’ गर्ने पर्यटक दिनप्रतिदिन बढ्दै गइरहेको शङ्खरापुर ‘प्याराग्लाइडिङ’का पाइलट अजय चौलागाईंले बताए ।

“दैनिक छवटा ग्लाइडरमा २० भन्दा बढी उडान गराउँछौँ, आन्तरिक भन्दा बाह्य पर्यटकको चाप झनै बढ्दै गएको छ,” चौलागाईंले भन्नुभयो – “यहाँको प्राकृतिक सुन्दरताका कारण पनि यस क्षेत्रमा ‘प्याराग्लाइडिङ’ फस्टाउँदै गएको छ ।”

प्याराग्लाइडिङबाट सुन्दर दोर्जेलाक्पा, जुगल, गणेशजस्ता हिमशृंखलाको दृश्यावलोकन गर्दै इन्द्रावती नदी भेगका वस्तीको सौन्दर्यसमेत देख्न सकिन्छ । हालैका दिनमा पर्यटकको चाप बढ्दै गएपछि ‘प्यारासुट बुकिङ’ प्रक्रिया शुरु गरिएको उहाँको भनाइ छ । यहाँ सातामा झन्डै दुई सयभन्दा बढी पर्यटक ‘प्याराग्लाइडिङ’ गर्न आउने गरेका छन् ।

देशकै पर्यटकीय शोभा बनेको पोखरापछि यस भेगको ‘प्याराग्लाइडिङ’ पर्यटकको रोजाइमा पर्न थालेको छ । अमेरिकी र युरोपेली मुलुकहरुबाट समेत राजधानी हँुदै उक्त स्थानमा प्याराग्लाइडिङ गर्न आउनेको संख्या दैनिक बढिरहेको चौलागाईंको भनाइ छ । उहाँका अनुसार पछिल्लो छ महिनामा करीब ३०० विदेशी तथा १०० आन्तरिक पर्यटकले उडान भरेका छन् ।

राजधानीबाट करीब २५ किलोमिरटको दूरीमा रहेको उक्त स्थानमा जान यातायातको सहज सुविधा हुने हो भने यो सङ्ख्या अझै बढ्ने उहाँको विश्वास छ ।

बिहानीपख मौसम खुलेको अवस्थामा विश्वको अग्लो शिखर सगरमाथाको चुचुरोसमेत यहाँबाट नियाल्न सकिन्छ । सुरक्षित अवतरणका लागि ११ पाइलटले समुद्री सतहदेखि एक हजार ९०५ मिटर माथि उडान गराउने प्रणाली प्याराग्लाइडिङमा रहेको पाइलट चौलागाईंले बताउनुभयो । सोलो र ‘टेन्डम’ ९पाइलट र पर्यटक० बसेर उड्ने फ्लाइटको सुविधालाई स्थानीय बासिन्दा र तालीम प्राप्त पाइलटले ‘ह्यान्डलिङ’ गर्ने गरेका छन् ।

“उडान शुरु गर्दा एक हजार ९०५ फिटमाथि हुन्छौं भने पटापमा ओर्लिंदा एक हजार ३७० मिटरको उचाइमा हुने गर्छौं” – उहाँले भने ।

स्थानीय बासिन्दा र केही पाइलटको पहलमा थालिएको ‘प्याराग्लाइडिङ’ अहिले मेलम्ची र शङ्खरापुर नगरको शान बनेको छ ।

“प्याराग्लाइडिङ गर्दा खुशी भएकी छु , यहाँको सुन्दरता अद्भुत छ, प्याराग्लाइडिङमा उडेर हेर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको छु” – चिनिया नागरिक आङ हुङ छानले भनिन् ।

यहाँ आउने पर्यटकको प्याराग्लाइडिङसँगै सिन्धुपाल्चोकको ह्योल्मो क्षेत्र, हेलम्बु गाउँपालिकाको हेलम्बुस्थित गुम्बा, माने छोर्तेन, गुफा छिर्ने लक्ष्य हुन्छ । हेलम्बु पदमार्गको अनुभवपछि फर्कंदा राजधानी चाँडै पुगिने सडक भएकाले पनि यहाँको प्याराग्लाइड पर्यटनको सम्भावना थप बढेको छ ।

कम लगानी र तुरुन्तै बढी लाभ पाइने भएकाले यसको व्यावसायिक आकर्षण बढ्दो छ । करीब डेढ दशकअघि पोखराको सराङ्कोटबाट शुरु भएको प्याराग्लाइडिङ सेवा अहिले देशका विभिन्न स्थानमा फैलिसकेको छ ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हाल नेपालमा अनुमति प्राप्त करीब ६५ प्याराग्लाइडिङ कम्पनी छन् । तीमध्ये ४० जति सञ्चालनमा छन् । अरु सञ्चालनको प्रक्रियामा छन् । अहिले धरान, पोखरा, स्याङ्जा, तनहुँ ९बन्दीपुर० र पाल्पामा प्याराग्लाइडिङ उडान भइरहेको छ । प्याराग्लाइडिङको मुख्य केन्द्र कास्कीको पोखरा हो ।

एक हजार ५०२ मिटर उचाइमा रहेको कास्कीको सराङ्कोटबाट प्याराग्लाइडिङ गरेर फेवाताल किनार खपौदीमा अवतरण गर्ने गरिन्छ । धौलागिरि, अन्नपूर्ण, मनास्लु हिमालदेखि कोरचनको डाँडा, सराङ्कोटको चुली, पाल्पाको श्रीनगर, तनहँँुको बन्दीपुर, कास्कीकै मट्टीखानजस्ता पहाडमा सिधै अवतरण गर्न सकिने प्याराग्लाइडिङ हिमाल, पहाड, गाउँशहर र तालतलैयाको अनुपम सङ्गमलाई कैद गर्न सकिने साहसिक पर्यटन हो ।

प्रथम विश्व युद्धमा पहिलो पटक जल सेनाले प्यारासुटको प्रयोग गरेको इतिहास पाइन्छ । सन् १९५० ताका प्याराकमाण्डरले यसको प्रयोग गरे । क्रमिक रुपमा विकास हुँदै सन् १९६४ मा अमेरिकाका डेमिना जाल्बर्टले यसलाई अहिलेको स्वरुप दिएका हुन् ।

प्याराग्लाइडिङ चरा ९चील० को खुट्टा र पखेटाले च्यापेर पछाडिको हावालाई दवाव दिएर जीउको अघिल्लो भाग अघि बढाउने सिद्धान्तमा आधारित छ । पछिल्लो पटक एशियाली खेलकूदमा रजत पदक जित्न सफल भएपछि नेपालमा यस लोकप्रियता अझ चुलिएको छ ।

एक उत्तर छोड्न