शिल्पा पोखरेल लड्ने भइन्

0
569

असार – नायिका शिल्पा पोखरेललाई लिएर चलचित्र विरङ्गना निर्माण हुने भएको छ । फोर्थ आइ मुभिजले निर्माण गर्न लागेको उक्त चलचित्र राजधानीमा आयोजित एक कार्यक्रमको आयोजना गरि घोषणा गरियो ।

नेपाली सीमा क्षेत्रमा हुने गतिविधि र आपराधिक कार्य रोक्न गरिने मिसनलाई चलचित्रमा समावेश गरिने बताइएको छ । शिल्पा पोखरेललाई सशस्त्र प्रहरीको भूमिमा देखिने उक्त चलचित्रमा अनुप विक्रम शाही, धिरेन शाक्य, सुशील पोखरेल, प्रिया रिलिज, किशोर झा लगायतका कलाकारको अभिनय रहनेछ ।

हरि घले लामाले चलचित्रको छायांकन गर्नेछन् भने दीपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत रहनेछ ।

एक्सन जानराको फिल्ममा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियारको लगानी रहनेछ भने उक्त फिल्मलाई राजबहादुर सानेले निर्देशन गर्नेछन् ।

एक उत्तर छोड्न