संचालकहरुको मिलेमतोमा कौडीको भाउमा नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई किन्ने

99
Loading...

हिमाल न्यौपाने  काठमाडौं, मंसिर २९

एस डेभलपमेन्ट बैंकको प्रमुख संस्थापकहरू नेपाल इन्भेस्टमेन्ट बैंकको समेत संस्थापक रहेको र नेपाल इन्भेस्टमेन्ट बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडेसँगको पुरानो निजी तथा व्यापारिक सम्बन्ध रहेको हुँदा सर्वसाधारण शेयरधनीलाइ मर्कामा पार्ने गरी र आफूहरूलाइ मात्र फाइदा हुने गरी निहित् स्वार्थवस् नेपाल इन्भेस्टमेन्ट बैंकलाइ अति कम स्वाप रेसियो मा एस डेभलपमेन्ट बैंक सुम्पिन सम्पूर्ण चाँजो पाँजो मिलाएको देखिन्छ । यस सन्दर्भमा नेपाल इन्भेस्टमेन्ट बैंकको अध्यक्ष पाँडेले पूर्व अर्थ मन्त्री आफ्नो सम्धी भएको र नेपाल राष्ट्र बैंकमा आफ्नो पहुँच भएको भनी नेपाल राष्ट्र बैंकको सम्बन्धित् विभागलाइ समेत आफ्नो पहुँच प्रयोग गरी मोटो रकम समेत खुवाइ नियम विपरित नेपाल राष्ट्र बैंकबाट सोको लागि सहमति लिने तरखरमा रहेको पाइन्छ ।

एस डेभलपमेन्ट बैंकको शेयर संरचना अनुसार सर्वसाधारण शेयरधनीको ४९% र संस्थापक शेयरधनीको ५१% रहेकोमा एस डेभलपमेन्ट बैंकको संस्थापक शेयरधनीहरूलाइ नाजायज आर्थिक लाभ समेत हुने गरि र सर्वसाधारण शेयरधनीहरूलाइ डुबाउने नियतले बजारमा प्रचलित स्वाप रेसियो भन्दा कममा अति नै न्यून ४१% मा एस डेभलपमेन्ट बैंक सुम्पिन लागेको कुरा तल उल्लेख गरेको तथ्यबाट स्पष्ट हुन्छः

 

– Sunrise Bank Ltd  ले  Narayani National Development Bank लाई ७८% मा

– Civil  Bank Ltd ले ILFC Finance Ltd लाई ८०% मा

– NMB Bank Ltd ले Clean Energy Development Bank लाई ७५ % मा

– Kumari Bank Ltd ले Kasthamandap Development Bank लाई ८३% % मा

– Janata Bank Ltd ले Triveni Bikas Bank लाई १००%  मा

उपरोक्त अनुसार अन्यायपूर्ण तरिकाले सर्वसाधारण शेयरधनीहरूलाइ मर्कामा पार्ने गरी एस डेभलपमेन्ट बैंकलाइ सुम्पिन लागेको कुरा थाहा पाइ एस डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभामा सर्वसाधारण शेयरधनीबाट व्यापक विरोधको वावजूद आफ्नो निहित स्वार्थको लागि सुम्पिने कार्य अगाडि बढाएको हुँदा बाध्य भइ सर्वसाधारण शेयरधनीहरूले सोको बिरूद्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र नेपाल राष्ट्र बैंकमा लिखित् उजुुरी दर्ता गरि सोही अनुरूप आवश्यक कारवाहि गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोग बाट मिति २०७३।०८।१० च. न. ८७६ पत्र संख्या नं १ अर्थ २३५।०७३।७४  बाट नेपाल राष्ट्र बैंकलाइ पत्र पठाएता पनि नेपाल इन्भेस्टमेन्ट बैंकको अध्यक्ष पाँडेसँगको व्यक्तिगत सम्वन्ध र आर्थिक लाभ लिइ सम्पूर्ण कुराहरूमा आफैले बनाएको नयाँ नियम लागू गर्ने नेपाल राष्ट्र बैंकले नयाँ नियम आउनु अघिको म्म्ब् र एस डेभलपमेन्ट बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापकहरूको निहित स्वार्थवस् प्रस्ताव गरिएको ४१ % स्वाप रेसियो मा नै एस डेभलपमेन्ट बैंकलाइ नेपाल इन्भेस्टमेन्ट बैंकले प्राप्ति गर्ने सहमति दिन लागेको कुरा विश्वस्त सूत्रबाट जानकारी हुन आएको हुँदा सो उपर नियमनकारी निकायहरू र सर्वसाधारण शेयरधनीहरूबाट आवश्यक पहल गरी व्यापक विरोध हुनु पर्ने देखिन्छ । वास्तवमा नेपाल राष्ट्र बैंकको नयाँ नियम अनुसार शेयर स्वाप रेसियो को गणना गर्ने भए कम्तीमा ५५ % हुन जाने भएतापनि ४१ % मा नै स्वाप रेसियो कायम गरी स्विकृती दिन खोज्नुबाट एस डेभलपमेन्ट बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयरधनीहरूको चलखेल र नेपाल राष्ट्र बैंकको सम्बन्धित् विभागले मोटो आर्थिक फाइदा लिएको स्पष्ट हुन्छ ।

यदी यसरी संम्बन्धीत अधिकार प्राप्त निकायहरुमा सर्वसाधारण शेयरधनीहरुलाई परेको मार्काको सम्बन्धका उजुरी गर्दा पनि यी नोपल इन्भेष्टमेन्ट बैक र एस बिकाश बैकको संचालकहरुले मिलेमतोमा बैकलाई ४१ प्रतिशत को स्वाप रेसीयोमा खरीद बिकी गरेमा अदालतको सम्म सहायता लिनपर्नेमा शेयरधनीहरु एकजुट रही आवाश्यकता अनुसारको कदम चाल्न बाध्य हुदै अघि बढेको कुरा नाम नखोल्ने सर्तमा एक शेयरधनीले बताएका छन

Loading...

LEAVE A REPLY