सडक बालकबाट सैनिकको हत्या

0
460

काठमाडौं – धनमाल लुट्न सडक बालकको एक समुहले काठमाडौंको बाफलमा नेपाली सेनका लेसनायकको हत्या गरेको खबर आजको नयाँ पत्रिकामा छ ।

सेनामा लेसनायक पदमा कार्यरत यूवराज घिमिरेको गत पुस २७ गते बेलुका ढुंगाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न अभियोगमा तीनजना र उनीहरुबाट चोरीको मोबाइल किन्ने एकजनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
प्रहरीका अनुसार खाजा खाने पैसा नभएपछि उनीहरुले लुट्ने योजना गरेका थिए । राती ११ बजेतिर घिमिरे एक्लै हिडिरहेको देखेपछि उनीहरुले लुट्ने प्रयास गरे । तर प्रतिकार भएपछि ४ जना मिलेर ढुंगाले हानेर लडाएका थिए ।
लडाएपछि घिमिरेसँग भएको मोबाइल, ल्यापटप लगायत धनमाल लुटेका हुन् । पक्रउ परेकाहरु लागुऔषध दुव्र्यसनी भएको प्रहरीको भनाइ छ ।

एक उत्तर छोड्न