सन्नी लियोनी नेपाली चलचित्रको गीतमा

0
55

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनीलाई अब नेपाली चलचित्र ‘पासवर्ड’को एउटा गीत सन्नी हो नाम मेरो…मा देख्न पाइने भएको छ । सम्पूर्ण छायांकन बेलायतमै गरिएको यो चलचित्रको आइटम गीत सन्नी हो नाम मेरो…मा सन्नी लियोनीले आइटम डान्स गरेकी छन् ।

सन्नी लियोनीलाई लिएर यो गीत तयार गर्न ५ करोड खर्च भएको निर्माण पक्षले दाबी गरेको छ । यो गीतको कोरियोग्राफी पनि बलिउडका कोरियोग्राफर विष्णु देभाले गरेका छन् ।

अर्जुन पोखरेलको संगीत रहेको यो गीतको भिडियोमा सन्नीसहित मुम्बईबाटै सात जनाको टिम लिएर लन्डन पुगेको पनि निर्माण पक्षले जनाएको छ । गीतमा सन्नी लियोनीसँगै २ सयभन्दा बढी नृत्य कलाकार नाचेको देख्न पाइनेछ । ती सबै नृत्य कलाकार भारत र बेलायतबाट व्यवस्था गरिएको निर्माण टिमले जनाएको छ ।

चलचित्रका निर्देशक सम्राट बस्नेतका अनुसार यो गीतको भिडियोका लागि सन्नीले नेपाली रुपैयाँ ३ करोड २० लाख रुपैयाँ आफू र आफ्नो टिमका लागि लिएर सम्झौता गरेकी थिइन् । साढे चार मिनेटको गीतमा कोरियोग्राफी गर्न आफ्ना सात जना सहयोगीसहित विष्णुदेभा सन्नीसँगै लन्डन पुगेका थिए ।

चलचित्रका निर्देशक सम्राट बस्नेतले यो गीतबारे भने, ‘चलचित्र पासवर्डको कथाको मागअनुसार नै हामीले यो गीतमा सन्नी लियोनीलाई लिएका हौं, सन्नीलाई नृत्यकै लागि भारतबाट लन्डन झिकाइएको हो ।’

एक उत्तर छोड्न