सप्तरी तनावग्रस्त, प्रहरीको गोली लागेर एकको मृत्यु

0
400

सप्तरी । नेकपा एमालेको सभा विथोल्ने प्रयासमा रहेका मधेसी मोर्चा र प्रहरीबीचको झडपका कारण सप्तरी तनावग्रस्त बनेको छ ।
मधेसी मोर्चाका कार्यकर्ताले विरोध प्रदर्शन जारी राखेपछि प्रहरीले गोलि चलाएको थियो ।
प्रहरीको गोली लागेर गम्भीर घाइते भएका सञ्जन मेहताको निधन भएको बताइए पनि पुष्टि भने हुन सकेको छैन ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका बेला बाहिर प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप भएको थियो । त्यसपछि ओलीले आफ्नो सम्बोधन टुंग्याएका थिए । प्रहरीले सो क्रममा हवाई फायर गरेको थियो ।  अहिले राजविराज क्षेत्र तनावग्रस्त बनेको छ । प्रहरीको गोलि लागेर अन्य केही पनि घाइते भएका छन् ।

एक उत्तर छोड्न