सर्लाही जांदै गरेको बस त्रिशुलीमा खस्यो, एकको मृत्यु, २६ जना घाइते

0
391

चितवन,पुस १२ । चितवनको चण्डिभन्ज्याङ–६ स्थित कालिखोलाबाट यात्रुवाहक बस त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २६ जना घाइते भएका छन् ।

काठमाडौंबाट सर्लाहीको मलंगवा जांदै गरेको ना ४ ख ५४४२ नम्बरको अनमोल डिलक्सको बस दुर्घटना हुँदा सिरहा लक्ष्मीपुरका धर्मराज मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

राजमार्गबाट बस झन्डै एक सय मिटर तल त्रिशुली नदीमा खसेर दुर्घटना भएको हो । बसमा २७ जना सवार थिए । घाइतेहरुको चितवन मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ ।

 

एक उत्तर छोड्न