सिंचाई मन्त्रालयमा पुच्छरले सचिव हल्लायो

0
416

काठमाडौं । सिंचाई मन्त्रालयमा कुकुरले पुच्छर हल्लाउने होइन, पुच्छरले कुकुर हल्लाउने उखान चरितार्थ भएको छ । सिंचाई मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरलाई तीन दिनभित्र हटाउन माग गर्दै आधिकारिक ट्रेड युनियनले मन्त्री दीपक गिरीलाई २०७३ फागुन ४ गते बुझाएको ज्ञापन पत्रले माथिको उखान चरितार्थ बनाएको हो । सिंचाई मन्त्रालय अन्र्तगतका परियोजनामा पारदर्शी ढंगले टेन्डर प्रकृयाबाट ठेक्का दिन निर्देशन दिएकै कारण वर्षौदेखि कोटेसनमा काम गरी ५० प्रतिशत घुस खाँदै आएका उपसचिव (डीई) देवराज निरौला लगायतको गिरोहले सचिवविरुद्ध लागेको आरापको खुलासा भएको छ । डीई निरौलाले आयोजनाको वार्षिक करिब १५ करोड रुपैयाँ बजेट विना टेन्डर कोटेसनका आधारमा काम दिएर ३५ देखि ५० प्रतिशत कमिसन खाने गरेको गुनासो सचिव ठाकुरसम्म पुगेपछि उनले टेन्डर गर्न निर्देशन दिएका थिए । आजको साँघु साप्ताहिकमा समाचार छ ।

एक उत्तर छोड्न