सिद्धार्थ बैंकका कार्डबाहकले ओम हस्पिटलमा छुट पाउने

0
95

सिद्धार्थ बैंकका कार्डबाहकले ओम हस्पिटल चाबहिलको सेवामा विशेष छुट पाउने भएका छन्।

बैंकको डेविट कार्ड, प्रिपेड कार्ड र यूएनओ क्रेडिट कार्डमार्फत उपचार शुल्क भुक्तानी गर्दा विशेष छुट पाउनेछन्।

बैंकका कर्मचारी तथा कर्मचारीका परिवार, सिद्धार्थ यूएनओ क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकले अस्पतालका विभिन्न स्वास्थ्य सेवामा छुट पाउने बताइएको छ।

सम्झौता पत्रमा बैंकका तर्फबाट पेमेन्ट सलुसन्स्का प्रमुख सुरेस राज महर्जन र ओम हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरे।सिद्धार्थ बैंकले हाल देशभर १२६ वटा शाखा, ३ एक्स्टेन्सन काउन्टर सहित ९९ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ।

एक उत्तर छोड्न