सुजाताको घर बिक्रीमा !

61
Loading...

काठमाडौँ। यदी तपाइँँसँग एक मुस्ट १६ करोड रुपैयाँ छ भने सोझै मण्डिखाटार पुग्नुहोस् । ०४६ सालको परिवर्तनपछि सबभन्दा लामो समय देशको शासन सत्ता सम्हालेका नेताले अन्तिम रात बिताएको घर, जमिन सबै आफ्नो नाममा पार्न सक्नुहुन्छ ।

स्तन क्यान्सरको उपचारका लागि नेपाल सरकारले ५० लाख रुपैयाँ निकास गरेपछि अत्याधिक आलोचित बनेकी थिइन् कांग्रेस नेतृ सुजाता कोइराला । अहिले पूर्व प्रधानमन्त्री गिरिजाप्राद कोइरालाले गंगालाल हस्पिटल जानुअघिका केही पल गुजारेको मण्डिखाटारस्थित उनको घर जग्गा बिक्रीमा छ ।
हिजोआज चाबहिल मालपोततिर लेखाढी गर्नेदेखि त्यस क्षेत्रमा केन्द्रीत भएर जग्गाको काम गर्ने दलालहरु आकर्षक कमिशनको लोभमा सुजाताको घर जग्गा बेचाउन जोडतोडका साथ लागि परेका छन् । तर, त्यस्ता एकैचोटी १६ करोड बुझाउन सक्ने ग्राहक फेला नपरेको समाचारमा उल्लेख छ ।आजको जनआस्था साप्ताहिकमा खबर छ ।

Loading...

LEAVE A REPLY