११ मा अध्ययनरत धादिङकी कान्छी जनप्रतिनिधि

0
528

स्थानीय निर्वाचनमा गजुरी गाउँपालिकाबाट महिला सदस्यमा २२ वर्षीया युवती विजयी भएकी छिन् । गजुरी गाउँपालिका वडा नम्बर ८ बाट ५०६ मत प्राप्त गरी कविता बराल विजय भएकी हुन् ।

बराललाई एमालेले महिला सदस्यमा टिकट दिएको थियो । उनी अहिले किराञ्चोक माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छिन् । ‘आफ्नो वडामा एमालेबाट एक्लै विजयी भएकाले थप जिम्मेवारीबोध गरिरहेकी छु, निर्वाचनमा भोट माग्दा पार्टीले गरेको प्रतिबद्धता पूरा गर्न लाग्छु,’ बरालले भनिन् ।

महिला दिदी–बहिनीको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने र वडाको विकासका लागि वडा अध्यक्ष, पालिका अध्यक्ष/उपाध्यक्षसँंग समन्वय गर्ने बरालले बताइन् । यसअघि ८६ वर्षीया चन्द्रमाया विक थाक्रे गाउँपालिका वडा नम्बर ५ बाट दलित महिला सदस्यमा विजयी भएकी थिइन्

एक उत्तर छोड्न