३० लाखको स्कुस निर्यात

0
48

इलाम। सूर्योदय नगरपालिका १२ जर्सिङ गाउँका किसानले ३० लाख रुपैयाँबराबरको स्कुस निर्यात गरेका छन् । वर्षैभरि सिजनअनुसार तरकारी उत्पादन गरेर बिक्री गर्ने कृषक यतिबेला स्कुसको दाना टिपेर बेच्नमा व्यस्त छन् । जर्सिङ गाउँका गोविन्द राईले घरछेउको बारीमा स्कुसको माच लगाएका छन् । उनले हरेक वर्ष यसरी नै स्कुस खेती गर्ने गरेका छन् ।

तरकारीका रूपमा प्रयोग गरिने स्कुस एकै सिजनमा लाखौं रुपैयाँसम्मको बिक्री हुने कृषक राई बताउँछन् । उनले गत वर्ष एकै सिजनमा २ सय मनभन्दा बढी स्कुस फलाएको बताए । यसपटक भने गत वर्षभन्दा बढी हुने उनको अनुमान छ ।

गोविन्द राईजस्तै त्यहाँका २५ घरभन्दा बढी किसानको बारीमा स्कुसको माच देख्न सकिन्छ । प्रत्येक किसानले २ सय मनसम्म फलाउने र्गछन् । त्यहाँको गाउँबाट एक सिजनमा ४० हजार मन स्कुसको दाना निकासी हुने गर्छ । प्रतिकिलो २० रुपैयाँका दरले एक मनको ८ सय रुपैयाँ हुन्छ । एक जना किसानले २ सय मन उत्पादन गर्दा डेड लाख आम्दानी लिने गर्दछन् ।

२० घरले स्कुसको दाना बेचेरै ३० लाख रुपैयाँ जर्सिङ गाउँमा भिœयाउने गर्छन् । एकपटक रोपेपछि स्कुसको पहिले मुन्टा बेचेर आम्दानी लिन सकिन्छ त्यसपछि दाना र जराबाट पनि आम्दानी लिन सकिन्छ । स्कुसको टुप्पा वैशाखदेखि कात्तिकसम्म टिपेर बेच्न सकिने र त्यसपछि दाना र जरा बेचेर आम्दानी लिन सकिने भएकाले पनि स्कुस खेतीबाट फाइदा हुने गरेको किसान बताउँछन् ।

इलामबाट दिनहुँ गोलभेंडा, कोपी मूलासमेत लिएर जाने पिकअप गाडीमा सबैभन्दा बढी स्कुस लाने गरेको पाइन्छ । किसानले सातामा तरकारी बेचेरै हजारांै रुपैयाँसम्म हात पार्ने गरेका छन् । स्कुस प्रतिकेजी १५ देखि २० रुपैयाँसम्ममा

बिक्ने गर्दछ । दिनहुँ किसानबाट लगिएको स्कुस मेची राजमार्गको कोल्बुङ क्षेत्रमा रहेका फुटपाथका तरकारी व्यापारीलाई बिक्री गर्ने गरेका छन् । सबैभन्दा बढी बिर्तामोड, दमक, फिक्कल बजार, पशुपतिनगर बजार र मेची राजमार्गका विभिन्न स्थानमा बिक्री हुन्छ ।

राजमार्गमा गुड्ने गाडी रोकेर यात्रुले तरकारी किन्ने भएकाले राजमार्ग किनारमा तरकारी बेच्न राखिएको हुन्छ । कतिपय व्यापारीले जर्सिङको स्कुस झापाका बजार र भारतको नक्सलबाढी, पानीट्यांकी र सिलिगुडीसम्म पनि पु¥याउने गरेका छन् ।

एक उत्तर छोड्न