अन्तरिक्षमा बसेर ६ महिनापछि पृथ्वी फिर्ता

252

tim-peak

बेलायती अन्तरिक्षयात्री टिम पीके अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा ऐतिहासिक ६ महिने बसाइपछि पृथ्वी फिरेका छन् । मेजर पीके र अन्य दुई यात्री बोकेको सोयुज क्याप्सुल शनिबार स्थानीय समय सवा १० बजे कजाकस्तानमा अवतरित भएको हो ।

पीकेले पृथ्वी फिर्दाको यात्रालाई जीवनकै सबैभन्दा राम्रो भनेका छन् ।

‘पृथ्वीको गन्ध साह्रै तिख्खर छ,’ उनले भने । पीकेभन्दा पहिले बेलायतका हेलेन सर्मानले सन् १९९१ मा अन्तरिक्ष यात्रा गरेका थिए ।

१ सय ८६ दिन लामो अन्तरिक्ष बसाइका क्रममा पीकेले रिमोटको सहायताले पृथ्वीमा रोबोट समेत चलाएका थिए । दिउँसो ३ बजेतिर मेजर पीके हेलिकप्टरमा करागान्डी एयरपोर्ट ओर्लेका थिए । तर उनी र उनका अमेरिकी सहयात्री टिम कोप्रा दुवै त्यसपछिको पत्रकार सम्मेलनमा उपस्थित भएनन् । उनीहरू निकै थाकेको अवस्थामा रहेको बताइयो ।

LEAVE A REPLY