अपराजित लिभरपुल दोस्रो स्थानमा

552
Loading...

लिभरपुलले इंग्लिस प्रिमियर लिगमा अपराजित अझै कायम राखेको छ। लिग अन्तर्गत गएराति भएको खेलमा सन्डरल्याण्डलाई २–० ले हराउँदै ११ खेलसम्म आफ्नो अपराजित यात्रा कायमै राखेको हो।

शीर्ष स्थानको होडमा रहेको लिभरपुलले पुछारको सन्डरल्याण्डलाई हराएको हो।

खेलको ७५ औं मिनेटमा डिभोक ओरिजीले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । इन्जुरी समयमा पाएको पेनाल्टीको अवसरमा गोल गर्दै जेम्स मिल्नरले लिभरपुललाई २–० को जित दिलाएका थिए।

लिगको ११ सहित लिभरपुल सबै प्रतियोगितामा गरेर पछिल्ला १४ खेलमा अपराजित छ।

गएरातिको खेलपछि अंक तालिकामा लिभरपुलको १३ खेलबाट ३० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। लिभरपुल शीर्ष स्थानको चेल्सी भन्दा एक अंकले पछि छ। समान खेलबाट समान अंक पाएको म्यान्चेष्टर सीटी तेस्रो स्थानमा छ। आर्सनल चौथो र टोटनह्याम पाँचौ स्थानमा छन्।

LEAVE A REPLY