अविश्वास प्रस्ताव र आर्थिक विधेयक एउटै एजेण्डाका रूपमा संसदमा पेश हुने सम्भावना

204

4leaders (1)

काठमाडौं, ६ साउन – सभामुखसँग बिहीवार बिहान ११ बजे भएको बैठकमा काँग्रेस र एमालेका शीर्ष नेताहरू लचक रूपमा प्रस्तुत भएको पाइएको छ ।सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री केपी शर्मा ओलीसहित काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेकी थिइन् । बैठकको शुरुमै प्रधानमन्त्रीले आर्थिक विधेयक संसदको कार्यसूचीमा चढिसकेको हुनाले पहिला त्यसमा छलफल हुनुपर्ने अडान राखे । आर्थिक विधेयक पारित भएपछि अरू सबै प्रक्रियामा सहयोग गर्न आफू तयार रहेको ओलीको भनाइ थियो । आफूसँग छफफल नगरी आर्थिक विधेयकलाई कार्यसूचीबाट हटाइएकोमा प्रधानमन्त्रीले असन्तुष्टि राखे । काँग्रेस सभापति देउवा र प्रचण्डले एउटै एजेण्डाका रूपमा आर्थिक विधेयक र अविश्वासको प्रस्तावलाई राख्न सकिने सुझाव दिए । तर प्रचण्डले रोलक्रममा पहिला अविश्वास प्रस्ताव र त्यसपछि आर्थिक विधेयक राख्ने भनेपछि नेताहरूबीच सहमति हुन नसकेको स्रोतको भनाइ छ । सभामुखसँग फेरि बस्ने बैठकले एउटा निचोड निकाल्ने नेताहरूले बताएका छन् ।स्रोतका अनुसार आर्थिक विधेयक र अविश्वासको प्रस्तावलाई एउटै एजेण्डामा राखेर संसदमा पेश गर्ने तर रोलक्रममा पहिला आर्थिक विधेयक नै राख्ने सम्भावना धेरै छ

LEAVE A REPLY