आइपुगे इतिहास रच्ने ‘हिरो’हरु, विमानस्थलमा भव्य स्वागत

555

एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोली केहिबेर अघि स्वदेश फिर्ता भएको छ । मलेसियामा मङ्गलबार सम्पन्न फाइनलमा मकाउलाई १–० ले पराजित गर्दै नेपाल इतिहास रच्न सफल भएको हो ।

नेपाली टोली स्वदेश फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय य खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पदाधिकारीका साथै खेलप्रेमीहरुले भव्य स्वागत गरे ।

स्वदेश फर्किएलगत्तै नेपाली टोलीलाई एन्फाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र्याली सहित गौशाला–बत्तिसपुतली– मैतीदेवी–पुतलीसडक–घन्टाघर–सहिद ढोका –नयाँ सडक– दरबारमार्ग–त्रिपुरेश्वर–थापाथली–कुपन्डोल–पुल्चोक–मङ्गलबजार–ग्वार्को हुँदै एन्फा कम्प्लेक्स लगेको छ ।

विजेता टोलीलाई सरकारले जनही तीन तीन लाख दिने निर्णय मङ्गलबार नै गरेको छ ।
यससँगै नेपालले एक वर्षमा लगातार तीन उपाधि जितेको छ । गत वर्ष माघमा बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप जितेको नेपाल त्यसको एक महिनापछि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद सागमा पनि विजेता बन्यो । ती दुवै प्रतियोगिता विश्व फुटबल महासङ्घ फिफाले मान्यता दिएको सिनियर स्तरको फुटबल थिएन ।

LEAVE A REPLY