आयुर्वेद उपचारतर्फ आकर्षण बढ्यो

394
Loading...

timthumb (1)

म्याग्दीका बाथ, ग्यास्ट्रिक, श्वासप्रस्वास, नसा, कमलपित्त, अम्लपित्त, पेटरोगका बिरामी आयुर्वेद उपचारपद्धतीप्रति आकर्षित भएका छन्।

तीनवर्ष अघिसम्म दैनिक मुस्किलले एक दर्जन भन्दा कम बिरामी आउने बेनीस्थित जिल्ला आयुर्वेद केन्द्रमा अहिले दैनिक ४० भन्दा बढी बिरामी आउने गरेका छन्।

आयुर्वेद औषधि, उपचारप्रति बिरामीको आकर्षण बढेपछि केन्द्रले मातहतका भगवती र दानास्थित औषधालयबाहेक बाबियाचौर र घार गाविसको पोखरेमा गाउँघर क्लिनिक सञ्चालन गरेको छ।

केन्द्रले पछिल्लो समय गाउँगाउँमा पुगेर निःशुल्क उपचार शिविर सञ्चालन गरेपछि एलोपेथिक औषधि खाएर पनि निको नभएका बिरामी यसतर्फ आकर्षित भएका हुन्।

गरिब, विपन्न र ग्रामीण भेकको बिरामी आयुर्वेद औषधि उपचारका लागि आउन थालेका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रमेश शर्मा भुसालले बताए।

उनका अनुसार एलोपेथिकतर्फभन्दा आयुर्वेदिक उपचारपद्धतीको प्रचार नभएकाले पछि परेको हो । भुसालले भने, “आयुर्वेदिक औषधि अलि बढी समय सेवन गर्नुपर्छ तर नकारात्क असर भने गर्दैन ।”

केन्द्रका अनुसार म्याग्दीमा आयुर्वेदिक औषधि प्रयोग गर्ने र उपचार गराउने बिरामीको सङ्ख्या बढ्दो छ।

LEAVE A REPLY