इटालीको भूकम्पमा परी मर्नेहरुको सङ्ख्या ५० नाघ्यो

502
Loading...

90894983_mediaitem90894982-660x337

इटाली, ८ भदौ – इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ५० भन्दा बढी पुगेको स्थानीय अधिकारीले बताएका छन् । अमात्रिसका नगर प्रमुख सर्जियो पिरोजीले बताएअनुसार इटालीका तीन वटा सहरमा व्यापक मानवीय क्षति भएको आशङ्का गरिएको बताए । भूकम्पले भत्काएका भवनका भग्नावशेषमा पुरिएर रहेका जीवितै हुनसक्ने मानिसको उद्धारमा ठूलो सङ्ख्यामा उद्धारकर्मी खटाइएको छ । सहरमा ठूलाठूला भवनहरुमा समेत भूकम्पका कारण क्षति पुगेको र केही पूर्णरुपमा भत्केका कारण भग्नावशेषभित्रै धेरै मानिस पुरिएको बताइएको छ । नगर प्रमुख पिरोजीले मृतक सङ्ख्यामा निकै वृद्धि हुनसक्ने बताए । इटालीको मध्यभागमा बुधबार बिहान ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो । – See more at:

LEAVE A REPLY