इन्धनविनै एटलान्टिक यात्रा पूरा

367
Loading...

160502141409_solar_impulse_promo_640x360_reuters_nocredit

विश्व परिक्रमा गर्ने प्रयासमा रहेको सौर्य उर्जाबाट चल्ने ‘सोलार इम्पल्स’ नामक विमानले एटलान्टिक क्षेत्रको ७० घण्टे यात्रा पूरा गरी स्पेनमा अवतरण गरेको छ।
सेभिल अवतरणसँगै सोलार इम्पल्सले आफ्नो १५ औँ चरणको यात्रा पूरा गरेको छ।
सोमबार न्यूयोर्कबाट उडेको उक्त विमानका चालक बेएरटँरा पिकरले समुन्द्रमाथि सहजै ढंगले उडान भरेका थिए।
अब उक्त परियोजनाका व्यवस्थापकहरुले विमानलाई आबुधावीतर्फ पठाउँदैछन् जहाँबाट विश्व परिक्रमाको अभियान २०१५ मार्च मा सुरु भएको थियो।
ऐतिहासिक
सन् १९२७ मा चार्ल्स लिन्डबर्गले गरेको ऐतिहासिक उडानको ६ हजार किलोमिटरको एटलान्टिक क्षेत्रको यात्रा प्यारिसमा समापन गर्ने योजना बनाइएको थियो।
222

लिन्डबर्गको ‘स्पिरिट अफ सेन्ट लुइस’ विमान एकैपटक एटलान्टिक महासागर पार गर्ने पहिलो विमान थियो।
प्यारिसमा हावाहुरी आउने भविष्यवाणी गरिएपछि सुरक्षित विकल्पका रुपमा सेभिललाई छनौट गरिएको थियो।
‘सोलार इम्पल्स’को ककपिटबाट बाहिरिने क्रममा शुभेच्छकहरुसँगकुरा गर्दै विमान चालक पिकरले भने, “एटलान्टिक सागर पुरानो विश्वबाट नयाँ विश्वतर्फको यात्राको सधैँ एउटा परिचायक रहेको छ।”
उनले थपे, “सबैले एटलान्टिक पार गर्ने प्रयास गरेका छन् चाहे ती डुँगा, पानीजहाज, हवाइ जहाज वा हातले खियाइने डुँगा नै किन नहुन्, आज एउटा सोलारबाट चल्ने विमानले पहिलो पटक कुनै इन्धन विना र कुनै प्रदूषण ननिम्त्याइ एटलान्टिक पार गरेको छ।”
गएको एप्रिलमा आफ्नो अभियान पुन सुरु गरे यता ‘सोलार इम्पल्स’ले तीव्र रुपमा विश्व भ्रमण गरिरहेको छ।
सन् २०१५ मा उक्त विमानले आठ चरणमा आबुधावीदेखि कलालोवासम्मको यात्रा गरेको थियो जसका क्रममा पश्चिम प्रशान्त महासागरमा ४ दिन २१ घण्टा उसले बिताएको थियो।

त्यसलाई उड्ययन इतिहासकै सबैभन्दा लामो एकल उडानका रुपमा लिइने गरिएको छ।
तर उक्त चरणमा ब्याट्रीमा खराबी आएपछि सोलार इम्पल्सले १० महिनासम्म यात्रा स्थगित गरेको थियो।
योजना
उक्त समय मर्मत सम्भार साथै उत्तरी गोलार्द्ध बढी समयसम्म घाम लाग्ने दिनहरुको प्रतीक्षामा बिताइएको थियो।
‘सोलार इम्पल्स’मा विमानको विद्युतिय मोटरले सिधैँ वा लिथियमले बनेका ब्याट्रीबाट रातिको अध्याँरो समयमा समेत काम गर्छन्।

232

यो परियोजनाको उद्देश्य उड्ययनको भविष्यमा फेरबदल ल्याउनु भन्दा पनि सौर्य उर्जाको क्षमता उजागर गर्नु रहेको छ।
पिकरले आफ्ना व्यवसायिक साझेदार ओन्द्रे बोर्सबेर्गसँग मिलेर विमान उडाउने गरेका छन्।
स्विस हवाइ सेनाका पूर्व विमानचालक रहेका उनले भूमध्यसागर हुँदै आबुधावीसम्मको उडानको जिम्मेवारी सम्हाल्नेछन्।
परियोजनाका सदस्यहरुले प्यारिसबाट भन्दा सेभिलबाट उडान गर्नु सजिलो हुने बताएका छन्।
प्यारिसमा विमानको चाप एकदमै धेरै हुने भएकाले सेभिलबाट उत्तर अफ्रिकातर्फ जानु सजिलो रहेको र त्यसक्रममा सैन्य र अन्य त्यस्ता कारणले चुनौती आउनसक्ने परियोजनाको हवाई ट्राफिक हेरिरहेका एक सदस्यले बताएका छन्।

LEAVE A REPLY