उपत्यकामा सबैभन्दा बढी महंगी

339
Loading...

 

काठमाडौं, १२ भदौ–सरकारी सयन्त्र जनताप्रति उत्तरदायी हुन नसक्दा उपभोक्ताले चर्काे महँगीको सामना गर्नुपरेको छ । आजको राजधानी दैनिकमा खबर छापिएको छ । सरकारी तथ्यांक नै पहिलो पटक मूल्यवृद्धिको सूचकांक दोहोरो अंकमा रहेको देखाएको छ । सर्वसाधारण भने सरकारी तथ्यांक भन्दा चर्को महँगीको महसुस गरिरहेका छन । सरकारी संयन्त्र फितलो हुँदा समग्रमा मूल्यवृद्धि नियन्त्रणमा आउन नसकेको हो । बिचौलियाका कारण उपत्यकामा तरकारीको मूल्य निकै महँगिएको छ । गत वर्ष सबैभन्दा बढी महँगीको सामना काठमाडौंका उपभोक्ताले गर्नुपरेको छ । काठमाडौं उपत्यकाको मूल्यवृद्धि ११ दशमलव ६ प्रतिशत रहेको छ । यस्तै, पहाडमा १० दशमलव ४ प्रतिशत, हिमालमा ८ दशमलव ८ प्रतिशत र तराईमा ८ दशमलव ६ प्रतिशतले मूल्य बढेको छ । अघिल्लो वर्ष यस्तो वृद्धिदर काठमाडौं उपत्यकामा ७ दशमलव २ प्रतिशत, पहाडमा ७ दशमलव ३ प्रतिशत र तराईमा ७ दशमलव १ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकले गत वर्षको मूल्यवृद्धि सूचकांक १० प्रतिशतभन्दा केही कम अर्थात् ९ दशमलव ९ प्रतिशत रहेको विवरण सार्वजनिक गरेको छ । –

LEAVE A REPLY