‘एनटी रिचार्ज’ कार्डमा ३४ घण्टादेखि समस्या, अझै साढे २ बजेसम्म लाग्ने:नेपाल टेलिकम

196
Loading...

सामान्यतः आधा घण्टामा हुने कामले ३८ घण्टासम्म दुःख दियो हामी यसप्रति क्षमताप्रार्थी छौं।’

images

नेपाल टेलिकमको ‘एनटी रिचार्ज’ कार्डमा ३४ घण्टादेखि समस्या आएको छ। नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यका अनुसार आधा घण्टाको सफ्टवेयर अपटेडको काम सफल नहुँदा ३४ घण्टादेखि रिचार्जमा समस्या देखिएको हो। समाधानका लागि अझै ४ घण्टा समय लाग्न सक्ने उनले बताए।

‘प्राविधिकसँग यस विषयमा कुरा गर्दा उनीहरुले साढे २ बजेसम्म अर्थात् अर्को चार घण्टा समय मागेका छन्’ आचार्यले भने। अबको चार घण्टामा पनि सेवा सुविधा उपलब्ध गराउन नसकेमा आफ्ना ग्राहकका लागि कुनै अर्को विकल्पका सुविधा ल्याउने आचार्यले बताए।
शनिबार बिहानैबाटै ‘भोएएमएस सिस्टम’को भौचर म्यानेजमेन्ट रिचार्ज कार्ड पुरानो भएको भन्दै क्षमता वृद्धिका लागि सानो सफ्टवेयर अपडेटको काम थालेको आचार्यले बताए। ‘धेरै समय परीक्षण गरिएको सफ्टवेयर अकस्मात सफल हुन सकेन, फेरि पुरानै सिस्टममा रोलब्याक हुन खोज्दा सो सिस्टमले काम नगर्दा समस्या लम्बियो’ उनले भने।
१ करोड ४७ लाख भन्दा बढी ग्राहकको नम्बर अपडेट गर्दा समय लागेको हो। ग्राहकले भोग्नुपरेको समस्याका सम्वन्धमा टेलिकमले पनि अनुभुति गरेको भन्दै उनले जतिसक्दो चाँडो समस्या समाधान गर्न लागिपरेको बताए। ‘पुरानै प्रक्रियामा फर्केर ग्राहकलाई सेवा सुविधा दिन पनि डाटा अपडेट अन्तिम चरणमा पुगेको छ। अब भने चार घण्टापछि ग्राहकले कुनै न कुनै सुविधा पाउने छन्’ आचार्यले भने।
एक दुई घण्टा समस्या आउनासाथ ग्राहकका लागि क्रेडिटबाट कल गर्ने सुविधा प्रदान गर्न चाहँदा चाहँदै पनि डाटा अपडेटको समस्याले गर्दा दिन नसकेको आचार्यले बताए।‘यति लामो समयसम्म रिचार्जमा समस्या आउने थाहा भएको भए ग्राहकलाई सार्वजनिक सूचना जारी गर्ने थियौँ’ आचार्यले भने, ‘सामान्यतः आधा घण्टामा हुने कामले ३८ घण्टासम्म दुःख दियो हामी यसप्रति क्षमताप्रार्थी छौं।’ एमपीओएस प्रविधिबाट रिचार्ज गर्न र ‘नमस्ते’ कार्डको प्रयोग गर्न पनि कुनै समस्या नरहेको उनले बताए। एनटी रिचार्ज कार्ड स्काई प्रिपेड फोनमा समेत प्रयोग गर्न सकिन्छ।

LEAVE A REPLY