करिश्मा नयाँ शक्तिमा कोमल पुरानो शक्तिमा !

590

नेपाली राजनीतिप्रति नेपालीहरु निराश भइरहेका बेला कलाकारहरु भने राजनीतिमा सक्रिय हुन थालेका छन् ।

नेपाली सिने क्षेत्रकी नायिका करिश्मा मानन्धर डा.बाबुराम भट्टराईले माओवादी छाडेर नयाँ शक्ति पार्टी बनाएपछि त्यतै लागिन् । करिश्मा मात्र होइन, अभिनेता सरोज खनाल पनि नयाँ शक्तिमै सक्रिय ढंगले लागे ।

चुनावका बेला अभिनेता भुवन केसी, रेखा थापा लगायतका चर्चित कलाकारहरुले पनि पार्टीको फेरो समाएर चर्चामा आएका थिए ।

सोमवार दुई पूर्व पञ्चहरुको पार्टी एकता घोषणासभामा गायिका तथा सञ्चारकर्मीसमेत रहेकी कोमल ओलीले कार्यक्रम नै सञ्चालन गर्ने मौका पाइन्, त्यो पनि राप्रपा अध्यक्ष कमल थापाको हातबाट माला लगाएर । ओलीले आफू राजीतिमा सक्रिय ढंगले लाग्नेसमेत उद्घोष गरिन् ।

LEAVE A REPLY