कांग्रेसका १० राज्यमन्त्री सिफरिस, देउवा ५, पौडेल ३, सिटौला र खड्कालाई एक एक कोटा

425
Loading...

काठमाडौं, १४ मंसिर– नेपाली कांग्रेसका तर्फबाट सरकारमा १० राज्यमन्त्री थपिने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले उपप्रधानमन्त्री बिमलेन्द्र निधि मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई मंगलवार १० राज्यमन्त्रीको नाम पठाएका हुन् ।

 

कांग्रेसले खानेपानी तथा सरसफाई राज्यमन्त्रीमा दीपक खडका, उद्योग राज्यमन्त्रीमा कञ्चनचन्द्र वादे,  सिंचाई राज्यमन्त्रीमा सुरेन्द्र आचार्य, बाणिज्य राज्यमन्त्रीमा मिठु मल्ल, श्रमराज्यमन्त्रीमा दिलिप गच्छदार, बन राज्यमन्त्रीमा सीताराम मेहता, भौतिक पूर्वाधार राज्यमन्त्रीमा दीर्घराज भाट, सहरी विकास राज्यमन्त्रीमा सुवर्ण ज्वारचन, स्वास्थ्य राज्यमन्त्रीमा तारामान गुरुङ र पर्यटन राज्यमन्त्रीमा इन्द्र बानियाँको नाम कांग्रेसले पठाएको छ ।
देउवा पक्षबाट मिठु मल्ल, दिलिप गच्छदार, सीताराम मेहता, दीर्घराज भाट, सुवर्ण ज्वारचन राज्यमन्त्रीमा परेका छन् । तारामान गुरुङ सिटौला पक्षबाट र इन्द्र बानियाँ नेता खुमबहादुर खड्का पक्षबाट राज्यमन्त्री सिफरिसमा परेका हुन् । बाँकी तीन जना दीपक खड्का, सुरेन्द्र आचार्य र कञ्चनचन्द्र बादे पौडेल पक्षबाट राज्यमन्त्रीमा सिफरिस भएका हुन् ।

 

यस अघि बरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार  जापान जानुअघि जीवन परियार सहित ४ जनाको नाम आफ्नो तर्फबाट राज्यमन्त्री बनाउनु पर्ने भन्दै सभापति देउवालाई सिफारिस गरेका थिए। उनले दिएका नाम मध्येबाट परियार परेनन्।

 

LEAVE A REPLY