कांग्रेसको भन्दा नेविसंघ महाधिवेशन खर्च एक करोड बढी, माओवादी र एमालेको विद्यार्थीले कति खर्च गरे ?

326

32

काठमाडौं, ७ भदौ -कांग्रेसको सबैभन्दा ठूलो भ्रातृ संस्था नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन गर्न चार करोड ८२ लाख खर्च भएको छ, आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
तीन हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिका लागि १२ दिन बस्ने, खाने रnepal-money-tax महाधिवेशन तयारीका लागि पौने पाँच करोडभन्दा बढी खर्च भएको हो । नेविसंघले लागेको कुल खर्च ननिकाले पनि तीन हजार प्रतिनिधि प्रत्येकका लागि १२ दिनसम्म खान र बस्न चार करोड ३२ लाख र अरू तयारीका लागि ५० लाखजति खर्च भएको हो ।
नेविसंघले २३ देखि २५ साउनसम्म तीन दिनका लागि बढीमा एक करोड ८६ लाख खर्च लाग्ने हिसाब निकालेको थियो । तर, महाधिवेशन लम्बिांदै जाादा तीन करोडभन्दा बढी खर्च भएको छ । अध्यक्षका रूपमा नेविसंघको महाधिवेशन सम्पन्न गराएका अध्यक्ष रञ्जित कर्णले खान, बस्न र महाधिवेशन तयारीका लागि पााच करोडसम्म लागेको जानकारी दिए । ‘चार दिनका लागि हाम्रो अनुमानित खर्च बढीमा दुई करोड, नत्र एक करोड ८६ लाखमा सकाउने भन्ने थियो,’ कर्णले भने, ‘तर, तीन दिनको महाधिवेशन १२औा दिनसम्म लम्बिएपछि पााच करोडजति खर्च भयो । अब केही दिनमा कति खर्च लाग्यो, अन्तिम हिसाबकिताब निकाल्छौा ।’
कांग्रेसले झन्डै ३२ सय प्रतिनिधिसहित गत साउनमा तीन दिनमा सकाएको १३ औं महाधिवेशनमा झन्डै चार करोड २० लाख रुपैयाा खर्च भएको थियो । तर, आफ्नै विद्यार्थी संगठनको महाधिवेशनमा चार करोड ८२ लाख रुपैयाा खर्च भएको छ ।
माओवादी क्रान्तिकारीले कति गर्‍यो ?
०७० चैतमा माओवादीनिकट अखिल (क्रान्तिकारी) को १९औा सम्मेलनमा ४१ लाख ८८ हजार चार सय ६० लाख खर्च भएको उपाध्यक्ष दीपक देवकोटाले बताए । ६ दिनसम्म चलेको महाधिवेशनमा क्रान्तिकारीका ११ सय ८४ प्रतिनिधि सहभागी थिए । ६ दिन खान, बस्न, तुल, ब्यानर, मञ्चसहितको तयारीका लागि ५० लाख बजेटले पुगेको देवकोटाले बताए । सो महाधिवेशनमा २२ लाख ऋण लागेकोमा अझै दुई लाख ऋण तिर्न बााकी भएको उनी बताउाछन् ।
एमाले अखिलमा संस्थागत कम, व्यक्तिगत खर्च बढी
एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको गत माघमा सम्पन्न महाधिवेशनमा संस्थागत खर्च जम्मा ७६ लाख मात्र भएको थियो । १५ सय प्रतिनिधि सहभागी अखिलको महाधिवेशन ११ दिनसम्म चलेको थियो । आफौले खर्च व्यहोर्दा २५ लाख ऋण लागेको संगठनका प्रवक्ता एवं सचिव आरसी लामिछानेले जानकारी दिए ।
कडाइका साथ आचारसंहिता लागू गर्दा संस्थागत खर्च कम लागेको उनले बताए ।

LEAVE A REPLY