कुखुराको मासु खाने गर्नु भएको छ ?यसरी बनाउनुहोस् ‘चिकेन क्रिस्पी’

583
Loading...
दसैंमा खसी खाने प्रचलन रहेको भएपनि कतिपयलाई खसीको मासु मन पर्दैन। खसीको मासु मन नपर्नेहरुको रोजाइमा माछा वा कुखुराको मासु पर्ने गरेको हुन्छ।
घरमा कुखुराको मासु ल्याएपनि विभिन्न परिकार बनाएर खानको लागि भने सिपको जरुरत पर्दछ। कुखुराको मासु मन पराउनेहरुका लागि ‘क्रिस्पी चिकेन’ स्वादीलो परिकार बन्न सक्छ।
मूख्य सामाग्री
४  चम्चा तेल
४  चम्चा पिठो
२० मिली दुध
१ सय १५ ग्राम पाकेको चिकन
५५ ग्राम ह्वाइट ब्रेड
केहि मात्रा काटेको हरयिो धनिया
अब सबै सामाग्री तयार भएपछि प्यानमा तेल राखेर मन्द आगोमा तताउने, साथै यसमा केहि मात्रामा पिठो राख्ने र रा्रमोसंग चलाउने जसलाई एक मिनेट सम्म पकाएर प्यान निकालेर दुध मिसाएर राम्रोसँग चलाउने।
उक्त मिश्रणलाई राम्रोसँग चलाउँदै मन्द आगोमा फेरि पकाएपछि निकालेपछि त्यसमा चिकेन राखेर राम्रोसँग मोल्नुपर्छ। यसपछि नुन, धनिया र मरिचको धुलो राख्न पर्दछ। अब यसलाई चिसो हुँदा सम्म राख्नु पर्दछ। यसरी चिकेन क्रिस्पी तयार हुन्छ।
एउटा भाडामा अण्डा राख्नुहोस् , तर यो फुटाएको अण्डा राम्रोसंग हल्लाउनुहोस्। यसमा अब ह्वाइट ब्रेड राख्नुहोस् र सबैतिर अन्डालागिसकेपछि प्यनमा तेल राखेर यसलाई पकाउनुहोस्।  यसलाई ५ देखि १० मिनेट सम्म पकाउनु पर्दछ।
यसरी तयार भएको ब्रेडलाई चिकेन क्रिस्पीसँग मिसाएर खाँदा झनै स्वादिष्ट हुनसक्छ।

LEAVE A REPLY