केही गल्ती गरेको छैन, म कुनै अपराधी होइनः नेइमार

565
Loading...

timthumb (3)

ब्राजिलियन तथा बार्सिलोनाका स्टार नेइमारले आफ्ना कानुनी मुद्दाहरुमाथि पछिल्लो समय मिडियाले गरिरहेको व्यवहारप्रति असन्तुष्टि पोखेका छन्। उनले आफू अपराधी नभएको समेत स्पष्टिकरण दिएका छन्।

सन् २०१३ मा ब्राजिलियन क्लब सान्तोषबाट बार्सिलोनामा आबद्ध हुँदा उनी र उनका बाबुमाथि कर छलीको आरोप लागेको छ। अनुसन्धानकै क्रममा साउलो पाउलोको संघीय अदालतलले ब्राजिलका कप्तान नेइमारको ४५ मिलियन युरोको सम्पतिलाई फेब्रुअरीमा रोक्का गरेको थियो।

बार्सिलोनाले भने गत जुनमा ५.५ मिलियन युरो जरिवाना तिरेर मुद्दालाई किनारा लगाएको थियो। तर, ब्राजिलको सा पाउलोमा भने मुद्दा अझै बाँकी नै छ। मुद्दा चाँडै टुंगिनेमा विश्वस्त रहेको बताउँदै नेइमारले भने,‘म निर्दोष छु।’

‘मैले केही गल्ती गरेको छैन, म कुनै अपराधी होइन,’ नेइमारले भने,‘तर दुर्भाग्य, केही मानिसहरु जहिले पनि विवाद जन्माउन चाहन्छन्। मैले यो बुझेको छैन कि उनीलाई साचो जानकारी छैन कि उनीहरुको मनसाय गलत छ। तर यसले फरक पार्दैन।’

नेइमारले भनेका छन्,‘सत्य के हो भने यी सबै कुराहरु चाँडै सल्टिने छन्। यी कुराहरुले मलाई केही फरक पार्दैनन्।’

‘बाहिरको सबै मामिला बुबाले हुर्नुहुन्छ, सबै मुद्दा पनि उहाँले नै सल्टाउनु हुने छ भन्नेमा म विश्वस्त छु। मैले आफूले फुटबल खेल्ने बाहेक बाहिरका कुरा सबैमा ध्यान पुर्याउने बाबु पाउने म भाग्यमानी हुँ,’नेइमारले भने,‘त्यसैले मैले मेरो पुरै ध्यान फुटबलमा लगाउन सक्छु।,’

LEAVE A REPLY