क्युबाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन

978
Loading...

क्युबा, ११ मसिंर –क्युबाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन भएको त्यहाँको सरकारी टेलिभिजनले घोषणा गरेको छ। उनी ९० वर्षका थिए। उनका भाइसमेत रहेका वर्तमान राष्ट्रपति राउल क्यास्ट्रोले दाजु क्यास्ट्रोको निधन भएको घोषणा गरेका थिए।

उनले वामपन्थी आन्दोलनका प्रमुख कमाण्डरुको निधन भएको बताए। क्यास्ट्रोको स्वास्थ्यबारे चिन्ताहरु व्यक्त भइरहँदा पछिल्लोपटक गत अगस्टमा उनी सार्वजनिक रूपमा देखिएका थिए।

आफ्ना भाइ राउल क्यास्ट्रोलाई सन् २००८ मा सत्ता हस्तान्तरण गर्नुअघि एकदलीय शासन व्यवस्था अन्तर्गत झन्डै आधा दशक फिडेलले शासन गरेका थिए। क्यास्ट्रोका समर्थकहरु क्युबालाई जनतालाई फिर्ता गर्न सफल नेता भन्दै उनको प्रशंसा गर्दछन् तर उनका विरोधीले विपक्षीमाथि क्रुरतापूर्वक दमन गर्ने नेताका रूपमा आरोप लगाउने गरेका छन्।

कम्युनिस्ट पार्टीको सम्मेलनको अन्तिम दिन गत अप्रिलमा उनले एक दुर्लभ भाषण गरेका थिए। आफू वयोवृद्ध भएको स्वीकार्दै उनले क्युबाली वामपन्थी विचारधारा अझै सान्दर्भिक भएको र क्युबाका जनताहरू विजेता हुने बताएका थिए।

LEAVE A REPLY