गच्छदारको निर्णयले भाँडभैलो, पार्टी फुटको संघारमा

4687
Loading...

काठमाडौं, १६ भदौ– मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा अध्यक्ष विजयकुमार गच्छदारले एकलौटी ढंगलबाट सरकारमा नजाने निर्णय गरेको भन्दै असन्तुष्टि चुलिएको छ । आजको कारोबार दैनिकमा खबर छापिएको छ । उपाध्यक्ष गोबिन्द चौधरीलाई अध्यक्ष बनाई नयाँ पार्टी गठन गर्ने गृहकार्य सुरु भइसकेको उक्त पार्टीका नेताहरुले बताएका छन् । असन्तुष्ट पक्षले अन्य सदस्यको सुझाव वेवास्ता गरी सरकारमा नजाने निर्णय गरेकाले पार्टी फुटाएर भएपनि सरकारमा सहभागि हुनुपर्ने निश्कर्ष निकालेको एक नेताले दाबी गरे । गच्छदारले सरकारमा नजाने निर्णय फिर्ता नलिए चौधरीको अध्यक्षतामा पार्टी गठनको योजना बनिसकेको ती नेताले बताए । चौधरीलाई अध्यक्ष बनाउने योजनामा रहेका सांसदहरुमा बाबुराम पोखरेल, सुमित्रा विश्वास, योगेन्द्र चौधरी, जितेन्द्र नारायण देव, रामणी राम, सुवोधराज पोखरेल, जनक चौधरी र पवनकुमार सारडालगायत छन् । संसदीय दलमा ५१ प्रतिशत भन्दा बढीको सहभाति प्राप्त भइसकेको स्रोतको दाबी छ । उनीहरु गच्छदारलाई भदौ ३० सम्म पर्खने नीतिमा रहेको बताइएको छ ।

LEAVE A REPLY