चितवनमा माइक्रोबस र ट्रक जुध्दा १६ घाइते

253
Loading...

चितवनः पृथ्वी राजमार्ग अन्तर्गत दारेचोक गाविस-३ चुङ्खोलामा आज बिहान भएको सडक दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट भैरहवा जान आउँदै गरेको लु १ ज २८१५ नंको माइक्रो बस र विपरित दिशाबाट जाँदै गरेको ना ३ ख ८०३४ नंको ट्रक एकआपसमा जुधेर माइक्रो बस र ट्रक एक आपसमा जुध्दा माइक्रो बसमा सवार १६ जना यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये आठ जनालाई उपचारका लागि भरतपुरतर्फ ल्याइदै गरेको र आठ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए ।

घटना बिहान १०:४५ बजे भएका हो । ट्रकका चालक फरार रहेका छन् । माइक्रो बसका चालक भने घाइते भएको प्रहरीले जनाएको छ

LEAVE A REPLY