जमिनमा त भारतले नेपाललाई दुःख दिन्छ दिन्छ, आकाशमा पनि यसै गर्छ

443
Loading...

open-sky

काठमाण्डु, २४ असार – भैरहवा अन्तराष्ट्रिय विमानस्थल तीव्र गतिमा निर्माण भइरहे पनि नेपाल र भारतबीच खुला आकाश सम्झौता (एयर स्पेस एग्रिमेन्ट–एएएस) हुन नसक्दा यो विमानस्थल सञ्चालनमा समस्या हुने देखिएको छ । विमानस्थल निर्माणले गति लिँदै गए पनि सम्झौत गर्न भारतले आलटाल गरेको छ ।

भैरहवा विमानस्थलबाट जहाज उडान र अवतरण गर्दा केही भारतीय आकाश प्रयोग गर्नुपर्ने भएकाले यो सम्झौता विमानस्थल सञ्चालनका लागि अनिवार्य शर्त मानिएको छ । सम्झौता नभए प्रत्येक उडानका लागि भारतसँग स्वीकृति लिनुपर्नेछ । नेपाल भारत नजिकै रहेको विमानस्थलबाट हुने प्रत्यक उडानले सीमा वारपार गर्नुपर्ने बाध्यता छ । यसलाई निसुल्क गराउन तथा भारतीय आकाश प्रयोग गर्न यो सम्झौता गर्नुपर्ने भए पनि ५ वर्षदेखि निर्णय हुन सकेको छैन । –कारोबार दैनिकबाट

LEAVE A REPLY