ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित

559
Loading...

अमेरिकाको ४५ औं राष्ट्रपतिका रुपमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प निर्वाचित भएका छन्।

उनको जितलाई धेरैले आश्चर्यको रुपमा हेरेका छन्।

४५ वटा राज्यको परिणाम प्रष्ट भइसक्दा ट्रम्पले जितका लागि आवश्यक २७० इलेक्टोरल मतभन्दा बढी मत प्राप्त गरेका छन्।

उनकी डेमोक्र्याटिक प्रतिद्वन्द्वी हिलरी क्लिन्टनले २१८ इलेक्टोरल मत पाएकी छन्।

इतिहास

७० वर्षे व्यापारी ट्रम्पले जनवरी २०, २०१७ मा शपथ लिएर औपचारिक रुपमा अमेरिकी राष्ट्रपतिका रुपमा काम थाल्नेछन्।

ट्रम्पले यसअघि निर्वाचित सार्वजनिक पद र सेनामा कहिल्यै काम गरेका थिएन।

त्यस्तो पृष्ठभूमि नभएको व्यक्ति अमेरिकामा राष्ट्रपति चयन भएको यो पहिलोपटक हो।

रिपब्लिकन वा डेमोक्र्याटिक कुन पक्ष भनेर नखुलेका राज्यहरुले ट्रम्पलाई जिताएपछि उनको ह्वाइट हाउस यात्रा सहज भएको हो।

फ्लोरिडा, ओहायो र नर्थ क्यारोलाइनामा उनले जित हात पारेका थिए।

प्रभाव

ट्रम्पको जितको खबरसंगै अन्तर्राष्ट्रिय बजारहरुमा त्यसको प्रभाव परेको छ।

clinton
हिलरी क्लिन्टनले ट्रम्पलाई फोन गरेर बधाई दिएको बताइएको छ

अमेरिकी डलरको भाउ घटेको छ।

सम्बोधन

ट्रम्पले आफ्नो चुनावी मुख्यालयमा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै जनताको अपेक्षामा खरो उत्रने बताए।

उनले अमेरिकाको आर्थिक वृद्धिदर दोब्बर पार्ने प्रतिवद्धता जनाए।

उनले आफूसंग चुनावी अभियानका क्रममा असहमतहरुसंग मिलेर मुलुकलाई एकतावद्ध पार्न काम गर्ने बताए।

उनले डेमोक्र्याटिक उम्मेदवार हिलरी क्लिन्टनले आफूलाई फोन गरेर बधाई दिएको भन्दै मुलुकका लागि उनले गरेको सेवाको प्रशंसा गरे।

LEAVE A REPLY