डा. केसीको माग पूरा गर्न दबाब दिँदै राजधानीमा प्रदर्शन

765
Loading...

त्रिवि शिक्षण अस्पतालमा अनसनरत् वरिष्ठ चिकित्सक गोविन्द केसीको माग पूरा गर्न सरकारलाई दबाब दिँदै राजधानीमा शनिबार सयौंले प्रदर्शन गरेका छन्। सांसद, डाक्टर, विद्यार्थी, सर्वसाधारणले केसीका माग पूरा गराउन दबाबमूलक नारा लगाउँदै माइतघरबाट नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।

प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूले स्वास्थ्य क्षेत्रको सुधारका लागि डा. केसीले उठाएका माग तत्काल सम्बोधन गरिनुपर्ने बताए। डा. केसीले चिकित्सा शिक्षा सम्बसन्धि विधेयक संसद्को चालु अधिवेशनबाट पारित गरिनुपर्ने, अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग लगाइनुपर्ने, चिकित्सा शिक्षा सम्बन्धि कानुन संसदको यही अधिवेशनबाट पारित हुनुपर्ने, चिकित्सा शिक्षा अध्ययन संस्थान अाइअोएममा वरिष्ठताका अाधारमा तत्काल डिन नियुक्ति गर्नुपर्नेलगायत माग राखेका छन्।

डा. केसीको माग अनुसार सरकारले मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक संसदबाट फिर्ता लिने निर्णय गरिसकेको छ। छ दिनदेखि अनसनरत् डाक्टर केसीका माग पूरा गराउन ढिलो भएको भन्दै उनको जीवनरक्षाका लागि दबाब दिन जरुरी रहेको सहभागीले बताएका छन्।

LEAVE A REPLY