दाहालले मोदीलाइ फोन गरेर भने, नेपालीसँग भएका भारतीय रुपैयाँ साट्न पर्यो

486
Loading...

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरी नचल्ने भनिएका पाँच सय र हजारका नोट साट्न सहजीकरण गरिदिन आग्रह गरेका छन् ।
प्रधानमन्त्री दाहालले सोमबार साँझ भारतीय समकक्षी मोदीलाई टेलिफोन गरी नेपालीसँग रहेको भारतीय पाँच सय र एक हजारका नोट नेपालमै सहज सटहीको व्यवस्था गर्न आग्रह गरेकोे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले नेपाली कामदार भारतमा गई त्यसवापत प्राप्त रकम भारतीय रुपैयाँमै नेपाल आउने गरेको, तीर्थब्रत, औषधि उपचार, विवाहलगायतका सामाजिक काममा समेत भारतीय रुपैयाँको प्रयोग र सञ्चिति हुने गरेकाले सहज सटहीको व्यवस्था गर्न आग्रह गरेका हुन ।
त्यस क्रममा भारतीय प्रधानमन्त्री मोदीले भारु सटहीबारे नेपालमा उत्पन्न समस्या तत्काल समाधान गर्ने जानकारी दिँदै नेपाल र भारतका अर्थमन्त्रीबीच सिधा सम्पर्क गरेर समस्या समाधान गर्ने बताएको सचिवालयले जनाएको छ ।
यसैबीच उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले पनि सोमबारै भारतीय अर्थमन्त्री अरुण जेट्लीलाई फोन गरी भारु सटहीको व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

 

LEAVE A REPLY