दाहाल सरकारद्वारा चिनियाँ प्रतिनिधि मण्डललाई भेट्न अस्वीकार

592
Loading...

काठमाडौं, २५ कात्तिक – मधेशी मोर्चाद्वारा समर्थित कांग्रेस–माओवादी केन्द्रको गठबन्धन सरकारले कतिसम्म ‘सन्तुलित’ बिदेश नीति लिएको छ भने उसले उत्तर छिमेकी चीनका उच्चस्तरका प्रधिनिधिमण्डललाई काठमाडौंमा भेट दिन नै अस्वीकार गर्न थालेको छ ।
चीनको छिङ्हाई प्रान्तका सार्वजनिक सुरक्षा मामिला प्रमुख वाङ चोङसङ नेतृत्वको टोलीलाई पुष्पकमल दाहाल सरकारले आफ्ना कर्मचारीसँग समेत भेट नदिएबाट त्यसको सुरुवात भएको हो । यही कात्तिक १५ देखि १८ सम्म नेपाल भ्रमणमा आएको चीनको छिङ्हाई प्रान्तका सार्वजनिक सुरक्षा मामिला प्रमुख वाङ चोङसङ नेतृत्वको टोलीलाई अपमानजनक व्यवहार भएपछि उनीहरु असन्तुष्ट भएर फर्केका छन् ।
गृह मन्त्रालयको निमन्त्रणामा आएको ६ सदस्यीय चिनियाँ टोलीलाई गृह मन्त्रालयका उच्च अधिकारीले नभेटी फर्काइदिए । काठमाडौं आउनुअघि नै भ्रमण तय गरिएको भए पनि काठमाडौं आएपछि समेत गृहका अधिकारीले भेट गर्न नमानेका हुन् । गृहकका अधिकारीलाई भेट्ने कोसिस सफल नभएपछि उनीहरू नगरकोट घुमेर स्वदेश फर्किएका थिए । सन्तुलित कुटनीतिका नाममा भारतर्फ ‘लम्पसार’ परेको आम टिप्पणी भइरहेका बेला त्यसलाई यो घटनाले थप प्रमाणित गरेको छ ।
श्रोतका अनुसार, परराष्ट्रका कर्मचारीहरुले गृहका अधिकारीहरुलाई पूर्ब निर्धारित भेटबारे स्मरण गराए पनि भेट भने दिइएन । गृहमन्त्री बिमलेन्द्र निधिले ‘चीनको प्रतिनिधि मण्डलहरुसँग धेरै हिमचिम नगर्न’ निर्देशन दिएकै कारण सचिवले भेट निदिएको खुलेको  छ । स्रोत अनुसार परराष्ट्र मन्त्रालयमार्फत गृहसचिव लोकदर्शन रेग्मी र शान्तिसुरक्षा महाशाखा प्रमुखसँग भेटवार्ताका लागि पहिले नै छुट्टयाइएको समय भएकाले भेट गर्नुपर्ने भन्दै सम्झाएका थिए । गृह सचिव रेग्मीले भेट्न चाहेका भए पनि त्यसबारे  गृहमन्त्री निधिलाई जानकारी गराएपछि भेट्न नसक्ने जबाफ दिएका थिए ।

 

नेपालको गृहमन्त्रालयद्वारा आमन्त्रित छिङहाइ राज्यका प्रमुख वाङ चोङसङलाई भेट नदिएको सूचना कसरी लिक भयो भन्ने प्रश्न गर्दै मन्त्री महतले आक्रोश पोखे– ‘घटनाक्रमलाई जोडेर हेर्दा साँच्चै यो भारतीय दलाल सरकार नै हो भन्ने देखिन थाल्यो । यस्ता कमजोरी गर्नुभएन, सूचना पनि बाहिर जानु भएन ।’

‘परराष्ट्रमार्फत भेटवार्ताका लागि अनुरोधपत्र आएको थियो । तर गृहसचिव र शान्तिसुरक्षा महाशाखा प्रमुख दुवैले भेट्नुभएन’ स्रोतले भन्यो । भारतीय राष्ट्रपतिको भ्रमणमा केन्द्रित सरकारले त्यसबेला चिनियाँ प्रतिनिधि मण्डलाई भेट्दा भारतप्रति आतिथ्यमा प्रश्न उठ्ने भन्दै नभेटेको एक कर्मचारीले बताएका छन् ।
परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भने ‘गल्ती भएको स्वीकार’ गर्दै आफूहरु एक चीन नीतिप्रति प्रतिबद्ध भएको र चिनियाँ प्रतिनिधि मण्डललाई नभेट्ने भन्ने प्रश्नै नहरेको बताएका छन् । यो समाचार सार्बजनिक भएपछि परराष्ट्रमन्त्री महतले मन्त्रालयमा चीन डेस्क हेर्ने अधिकारीहरुको बैठकसमेत बोलाएका थिए । बैठकमा उनले समाचार कसरी लिक भयो भनेर सोधेका थिए ।  मन्त्री महतले आफूहरुलाई भारतीय दलाल सरकारको रुपमा प्रमाणित गर्ने काम योजनाबद्ध रुपमा भएकोमा आक्रोस राख्दै काम गर्दा गल्ती भएको बताएका थिए । महतले भनेका थिए, ‘घटनाक्रमलाई जोडेर हेर्दा साँच्चै यो भारतीय दलाल सरकार नै हो भन्ने देखिन थाल्यो । यस्ता कमजोरी गर्नुभएन, सूचना पनि बाहिर जानु भएन ।’

 

LEAVE A REPLY