देशभित्र घुम्ने योजनामा हुनुहुन्छ? यस्तो छ घुमफिरको प्याकेज

1367
Loading...
देशभित्र घुम्ने योजनामा हुनहुहुन्छ? त्यसो हो भने देशभित्रका प्रमुख गन्तव्यहरुको लागि नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटकहरुको लागि विशेष प्याकेज ल्याएको छ।
घुमफिर वर्षको रुपमा घोषणा गरेको बोर्डले बल्ल आएर यस्तो प्याकेजको घोषणा गरेको छ। पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा बोर्डले यस्तो प्याकेज ल्याएको बोर्डका प्रवक्ता शरद प्रधानले जानकारी दिए।
सातवटा गन्तव्यमा जाने आन्तरिक पर्यटकहरुको लागि प्याकेज टुर उपलब्ध गराउने यसको लागि बोर्डले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा),सोसाइटी अफ ट्राभल टुर अपरेटरस नेपाल(सोट्टो) र टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)सँग सहकार्य गरेको उनले जानकारी र्दिए।
घुम्ने संस्कृतिको विकास भएपनि कुन गन्तव्यमा कहाँ जाने भनेर अन्यौलमा परेका आन्तरिक पर्यटकहरुलाई प्रोत्साहन गरी पर्यटकिय संस्कृति विकास गर्नको लागि यस्तो प्याकेज ल्याइएको प्रधानले बताए।
‘पहिले कुरा घुम्ने संस्कृतिको विकास भएपछि पर्यटकिय संस्कृतिकै निर्माण हुन्छ’प्रधानले सेतोपाटीसँग भने,‘अन्ततः सबैखाले पर्यटनलाई मजबुत बनाउने काम गर्छ।’
पूर्वको पथिभरा माई दर्शनदेखि सूदुरपश्चिमको खप्तडसम्मका विभिन्न गन्तव्यको लागि  ल्याइएका त्यस्ता गन्तव्यबाट नेपाली आन्तरिक पर्यटक अझै परिपक्क हुने बोर्डले विश्वास लिएको प्रधानले जानकारी दिए।
यस्ता छन् प्याकेज
सातैवटा अञ्चलबाट एक÷एकवटा प्याकेज गरेर सातवटा प्याकेज ल्याइएको र तिनको लागि फरकफरक संस्थाहरुको सहभागिता निश्चित गरिएको प्रधानले जानकारी दिए।
जसमा नाट्टासँगको सहकार्यमा सगरमाथा अञ्चलको लागि खोटाङको हलेसी महादेव दर्शन रहेको छ।
हलेसी महादेव दर्शन
सगरमाथा अञ्चलका लागि घोषण  गरेको छ । नाट्टासँगको सहकार्यमा ल्याइएको हलेसी महादेव दर्शन टुर  प्याकेज ४ दिनको रहेको छ।
पहिलो दिनः जनकपुर तथा विराटनगरबाट कटारी पुग्ने र त्यही बास बस्ने।
दोस्रो दिनः हलेसी पुग्ने र त्यही बास बस्ने
तेस्रोदिनः हलेसी महादेवको दर्शन गरेर त्यही बास बस्ने।
चौथोदिनः घर फर्कने
यसको लागि नाट्टामा सम्पर्क गर्ने
जनकपुर धाम
अर्को प्याकेज हो ऐतिहासिक तथा धार्मिक महत्वको स्थान जनकपुरधाम । यो प्याकेजमा दुइवटा प्रकारका रहेका छन्। एक रात दुईदिन र दुईरात तीनदिनगरी दुईप्रकारका रहेको यो प्याकेज पनि नाट्टाकै सहकार्यमा डिजाइन गरिएको हो।
जानकी मन्दिर,राम मन्दिर, विवाह मण्डप, राजदेवी मन्दिर, बुद्धीमाय मन्दिर हिडेर घुम्ने। र बेलुकी ६ बजे महा गंगा आरतीमा सहभागिता जस्ता अनुभव लिन सकिने यो प्याकेजमा निर्धारण गरिएको छ।
 बिराटनगर,कोशीटप्पु,धरान धनकुटा हिले 
यो पाँचदिन चार रातको प्याकेजमा बिराटनगरदेखि धनकुटासम्मका विभिन्न पर्यटकिय गन्तव्य समेटिएको प्याकेजको लागि पनि नाट्टाले नै अपरेट गरेको छ।
पथिभरा देवी दर्शन
अर्को विशेष प्याकेज हो पथिभरा देवी दर्शन। पाँच रात ६ दिन लामो यो प्याकेजकोलागि पनि नाट्टाले नै सहकार्य गरेको छ। यो प्याकेजको बारेमा नाट्टासँग सम्पर्क गर्नुपर्ने पर्यटन बोर्डले जानकारी दिएको छ।
काठमाडौं–खप्तड 
नौ दिन लामो यो टुर काठमाडौंबाट सूदुपश्चिमको खप्तडसम्मको टुर प्याकेज समेटिएको छ। सोसाइटी अफ ट्राभल टुर अपरेटरस नेपाल(सोट्टो)सँगको सहकार्यमा डिजाइन गरिएको यो टूरको लागि सोट्टोमा सम्पर्क गर्न सकिने छ।
लुम्बीनी–स्वर्गद्वारी
६ दिन लामो यो प्याकेजको लागि पनि सोट्टोसँग नै सम्पर्क गर्न सकिने छ।
 रारा 
यसैगरी रारा ताल घुम्नका लागि पनि प्याकेज घोषण गरिएको छ । तीनवटा अप्सनमा बनाइएको यो प्याकेजमा जहाजवाट, जिप र जहाजवाट र गाडि र जिपवाट जान सक्नेगरी रुट मिलाईएको छ । सुवेदीका अनुसार घुमफिर प्रमोशनका लागि व्यवसायीहरूको सहकार्यमा थप प्याकेजहरु निर्माण गरिने बताए। पदयात्रा, र्या फ्टिङ, होमस्टेलगायतका प्याकेज रहनेछन् । उनले यात्रा सम्वन्धि मोवाइल एप, इन्फ्रोग्राफिक्स, रेडियो सन्देश निर्माण गरी विभिन्न गन्तव्यको प्रचार प्रसार गर्ने काम अन्तिम चरणमा पुगेको बोर्डले जानकारी दिएको छ।

LEAVE A REPLY