दैनिक कफी पिउनुका ९ फाईदाहरू

509
Loading...

नेपाली समाजमा चिया र कफी दिनहुँ प्रयोग गरिने पेय पदार्थ हो । जाडोमा अझ चिया भन्दा पनि कफीको प्रयोग गर्नेको संख्या झन् बढी हुन्छ । कफीका फाइदा र बेफाइदाहरु पनि छन् । तर, समय र मात्रा मिलाएर खाने हो भने कफीले स्वास्थ्यलाई निकै फाइदा गर्छ ।

कफीका ९ फाईदाहरू :

१. प्रत्येक दिन बिहान कम्तीमा १ कप कफी पिउनाले शरिरमा दिनभर स्फुर्ति ल्याउनुको साथै यसमा हुने एन्टी अक्सिडेन्टको कारण शारीरिक तथा मानसिक तनावलाई समेत कम गर्दछ ।

२. मदिराजन्य वस्तुको सेवनवाट हुने ह्याङ्ग ओभरबाट छुटकारा दिलाउँछ ।

३. मुटु, मस्तिष्क, पाचन र स्नायु प्रणालीलाई क्रियाशिल तुल्याउँछ ।

४. चिसोको कारण शरिर फुल्ने, खुट्टा तथा आँखा सुनिने जस्ता समस्या भएका वाथका रोगीहरुले नियमित कफी सेवन गरेमा धेरै फाईदा गर्छ ।

५. दम, पित्त थैली र मृगौलाको पथ्थरी, मधुमेह, आन्द्राको क्यान्सर र रेडियो बिकिरणबाट हुने असरका समस्यालाई हटाउँछ ।

६. जाडो समयमा नियमित कफी पिउनाले शरिरमा गर्मिपन बढाउनुको साथै चिसोलाई हटाउँछ ।

७. नियमित कफी सेवनले बोसो तथा मोटोपनलाई समेत कम गर्दछ ।

८. कफीमा पाईने एण्टी–अक्सीडेन्टले हृदयरोग तथा क्यान्सरबाट मानिसलाई सुरक्षा प्रदान गर्नुको साथै शारिलाई तन्दुरुस्त राख्दछ ।

९. दैनिक कम्तीमा २–३ कप कफी नियमित रुपमा पिउनाले यौन दुर्वलतालाई हटाउँछ ।

तर धेरै नै कफी सेवन गरे यसका विभिन्न बेफाइदाहरुपनि सेवन गरिरहेका हुन्छौँ । त्यसैले समय र मात्रा मिलाएर कुनै पनि पदार्थ सेवन गरे अवश्यनै फाइदा हुनेछ ।

LEAVE A REPLY