नयाँ संविधासँगै विश्वमा नेपालको सकारात्मक छवि बनेको एमाले उपाध्यक्ष गौतमको दाबी

455
Loading...

नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले नयाँ संविधान जारी भएसँगै विश्वमा नेपालको सकरात्मक छवि बनेको दाबी गर्नुभएको छ । संसारमा जतिसुकै शक्तिशाली देशहरु भएपनि देशको स्वतन्त्रता र सर्वभौमताको तुलना गर्दा नेपाल अब अमेरिका र भारत जत्तिकै स्वतन्त्र छ भन्ने सन्देश फैलिएको गौतमले बताउनुभयो ।

नेकपा (एमाले) बर्दियाले बुधवार गुलरियामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै (एमाले) का बरिष्ठ उपाध्यक्ष गौतमले नेपाली काँग्रेसले अनैतिक राजनीतिक खेल खेलेर केपी शर्मा ओलीको सरकार ढालेको आरोप लगाउनुभयो । ओली सरकारको लोकप्रियताको कारण गिराउन नसक्ने देखेपछि काँग्रेसले एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई गोटी बनाएको दाबी गर्नुभयो ।

सरकारमा सहभागी दलका अध्यक्ष र उच्चस्तरीय संयन्त्रको संयोजक समेत रहनुभएका दाहाललाई पदको लोभ देखाई राजनीतिक रुपमा विचलित बनाएर उम्मेदवार खडा गरेको गौतमको कथन थियो ।

एमाले उपाध्यक्ष गौतमले जनताको लोकप्रिय सरकार गिराउनु अनैतिक राजनीतिको पराकाष्ठा भएको आरोप पनि लगाउनुभयो ।

LEAVE A REPLY