नेपालद्धारा जापान १-० गोल अन्तरले पराजित

529
Loading...

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको नेपाल र जापानबीचको मैत्रीपूर्ण खेलमा नेपालले जीत हासिल गरेको छ ।  निर्धारित समयको ५७ औँ मिनेटमा नेपालको तर्फबाट नवयुग श्रेष्ठले गरेको गोल नै जितका लागि निर्णायक गोल बन्यो । नेपाली खेलाडी बिमल घर्तीमगरले दिएको पासलाई बिक्रम लामाले जापानी पोष्टमा प्रहार गरेका थिए । पछि जापानका गोलरक्षकले उक्त बल रोकेता पनि उनको हातबाट त्यो बल फुत्किएपछि नेपालका खेलाडी श्रेष्ठले सिधैँ गोलमा परिणत गरे  । जापानी टोलीमा विश्वकप खेलेका खेलाडीहरु पनि सहभागी रहेका थिए ।

LEAVE A REPLY