नेपाल र मकाउ भिड्दै (LIVE भिडियो)

624
Loading...

एएफसी सोलिडारिटी कपको फाइनल जितेर ६२ वर्षपछि एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता जित्ने इतिहास रच्न आतुर देखिएको नेपाल मंगलबार उच्च मनोबलका साथ मैदानमा उत्रिदै छ।

नेपाल मंगलबार साँझ सवा ५ बजे फाइनलमा २० वर्ष अगाडिको आफ्नो पूर्व प्रतिद्धन्द्धी मकाउविरूद्ध भिड्दैछ। नेपाल र मकाउबीच यसअघि ५ वटा खेल भएका छन्। जसमा नेपालले ३ खेलमा विजय, एक बराबरी र एकमा पराजय भोगेको छ।

नेपाल ८ वर्षपछि मकाउसँग भिड्न लागेको हो। पछिल्लो समय नेपाल र मकाउ सन् २००८ कम्बोडियामा आयोजना भएको एएफसी च्यालेञ्ज कपअन्तर्गत पहिलो चरणका लागि भएको छनोट खेलमा भिडेका थिए।

समूह ‘डी’ मा भएको यस खेलमा नेपालले जुमानु राईको दुई र सन्दीप राईको एक गोलको सहयोगले मकाउलाई ३–२ गोलअन्तरले पराजित गरेको थियो।

यतिबेला नेपाली टोलीमा रहेका दुई डिफेन्डर कप्तान विराट महर्जन र रबिन श्रेष्ठ ८ वर्षअघि मकाउलाई हराउदा पनि टिममा समावेश थिए।

नेपाल र मकाउबीच सर्वप्रथम सन् १९९७ ओमानको मस्कटमा भएको विश्वकप छनोटमा भिडन्त भएको थियो। त्यो खेल १–१ गोलको बराबरीमा टुँगिएको थियो। नेपालका लागि हरि खड्काले गोल गरेका थिए।

यही वर्ष विश्वकप छनोटकै लागि जापानको टोकियोमा भएको अर्को खेलमा नेपाल १–२ ले पराजित बन्न पुग्यो। यतिबेला दीपक अमात्यले गोल गरेका थिए।

नेपालले विश्वकप छनोटअन्तर्गत सन् २००१ मा पनि थप २ खेल खेलेको थियो। यतिबेला पूर्व स्ट्राइकर निराजन रायमाझी उत्कृष्ट फर्ममा थिए। उनले दुईवटा खेलमा एक ह्याट्रिकसहित कूल ५ गोल गरेका थिए।

इराकको बगदादमा भएको पहिलो छनोट खेलमा नेपाल ४–१ ले विजयी भयो। यतिबेला निराजनले दुई गोल गरेका थिए। हरि र बसन्त थापाले १–१ गोल गरेका थिए। नेपालले अर्को खेलमा निराजनको ह्याट्रिकको सहयोगले ६–१ गोलले मकाउलाई पराजित गरेको थियो। अन्य गोल बसन्त थापा, बालगोपाल महर्जन र दीपक लामाले गरेका थिए।

सन् २००८ मा मकाउलाई पराजित गरेको नेपाल समूह ‘डी’ को विजेता हुँदै भारतमा आयोजना भएको एएफसी च्यालेञ्ज कपको फाइनल चरणमा प्रवेश गरेको थियो।

LEAVE A REPLY