नेपाल विद्यार्थी संघको अध्यक्षमा क-कस्को दावी ?

230

NSU

नेपाल विद्यार्थी संघको ११ औ महाधिवेशन आजबाट सुरु हुदैछ । पटक–पटक स्थगित हुदै आएको महाधिवेशन नौ बर्ष पछि हुन लागेको हो । यस अधि नेबिसंघको ११ औ महाधिवेशन सात पटक स्थगित भएको थियो । यसपालि पनि स्थागित हुन्छ कि भन्नेमा विद्यार्थीहरु अन्यौलमा थिए । अन्ततः महाधिवेशन हुने भएपछि नेविसङ्घमा राजनीति गर्दै आएका नेता तथा कार्यकर्तामा नयाँ उत्साह थपिएको छ । आइतबार काठमाडौको भृकृटी मण्डपमा हुने महाधिवेशनको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिउसो १ बजे उद्घाटन गर्ने छन ।

उद्घाटनसत्रलाई पार्टी सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनमा देशभरका जिल्ला, क्याम्पस तथा विदेशस्थित सम्पर्क समितिका गरी झण्डै ३४ सय प्रतिनिधिले भाग लिँदैछन् ।

नेपाल विद्यार्थी संघको ११ औ महाधिवेशन ?

महाधिवेशमा अध्यक्षको अहिलेसम्म नैनसिंह महर, जितजङ्ग बस्नेत, मनोजमणि आचार्य, क्षितिज भण्डारी, दीपक भट्टराई, विनिता अधिकारी, नीलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, कुन्दनराज काफ्ले, शुभराम बस्नेतलगायतले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

त्यसैगरी महामन्त्री पदमा नेविसङ्घ नेताहरू मनोज वैद्य, उर्मिला थपलिया, डिल्लीराज सुवेदी, मोतीलाल भण्डारी, विनयराम भट्ट, रमेश रिजाल, प्रचण्डविक्रम न्यौपाने, हिमालदत्त श्रेष्ठ, युवराज पाण्डे, मित्र भट्टराईलगायतले उम्मेदवारी दिने तयारी गरेका छन ।दुवै कांग्रेस एकीकरणपछि हुन लागेको महाधिवेशनमा पदाधिकारी र सदस्यमा झण्डै पाँच सय उम्मेदवारी पर्ने देखिन्छ । तर महाधिवेशन सुरु हुन केही घण्टा मात्र बाँकी रहेको अवस्थामा प्रतिनिधिको विवाद भने अझै मिल्न सकेको छैन ।

महाधिवेशन सात पटक स्थगित भएको थियो । यसपालि पनि स्थागित हुन्छ कि भन्नेमा विद्यार्थीहरु अन्यौलमा थिए । अन्ततः महाधिवेशन हुने भएपछि नेविसङ्घमा राजनीति गर्दै आएका नेता तथा कार्यकर्तामा नयाँ उत्साह थपिएको छ । आइतबार काठमाडौको भृकृटी मण्डपमा हुने महाधिवेशनको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिउसो १ बजे उद्घाटन गर्ने छन ।

उद्घाटनसत्रलाई पार्टी सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनमा देशभरका जिल्ला, क्याम्पस तथा विदेशस्थित सम्पर्क समितिका गरी झण्डै ३४ सय प्रतिनिधिले भाग लिँदैछन् ।

अध्यक्षको उम्मेदवारी घोषणा ?

महाधिवेश हुने पक्का भएपछि विद्यार्थी नेताहरुले आफनो उम्मेदवारी घोषणा समेत गरिसकेका छन । जस मध्य अध्यक्षमा अहिलेसम्म नैनसिंह महर, जितजङ्ग बस्नेत, मनोजमणि आचार्य, क्षितिज भण्डारी, दीपक भट्टराई, विनिता अधिकारी, नीलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, कुन्दनराज काफ्ले, शुभराम बस्नेतलगायतले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

LEAVE A REPLY