नेविसंघको नयाँ नेतृत्व चयनका लागि कडा सुरक्षा घेराबीच मतदान सुरु

273

NSU

नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा विद्युती मेसिनमार्फत मतदान भइरहेको छ ।
आज बिहान ७ बजेदेखि मतदान हुने भनिएपनि झण्डै चारघण्टा ढिला गरी मतदान सुरु भएको हो । मतदान स्थल र आसपासका क्षेत्रमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । महाधिवेशनको महत्वपूर्ण विषय मानिने बन्दसत्र नै नगरी नयाँ नेतृत्व चयनका लागि चुनाव हुन लागेको हो ।
अध्यक्षका लागि नैनसिंह महर, मनोजमणि आचार्य, शुभराम बस्नेत, नगेनसिंह ठकुरी, बचन कार्की, लक्ष्मण आचार्य र आनन्दप्रसाद त्रिपाठी गरी सात जना प्रतिस्पर्धामा छन् । २ जना महामन्त्रीका लागि ६ जना, ११ जना उपाध्यक्षका लािग ७४ जना र १ जना कोषाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । एक सय २९ पदका लागि झण्डै ७ सय जनाको उम्मेदवारी परेको छ । मधेसी सहमहामन्त्रीमा परमेश्वर शाह निर्विरोध निर्वाचित हुनुभएको छ ।

LEAVE A REPLY