पद जोगाउन प्रमुख आयुक्त लोकमानको मिडिया प्रयोग !

216
Loading...

350651510

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफु विरुद्ध जनमत बढ्दै गएपछि पद जोगाउनका लागि मिडियालाई आफ्नो पक्षमा पार्न थालेका छन् ।

उनी विरुद्ध अनसन बस्नका लागि तयारी गरेका प्राडा गोविन्द केसीको अन्र्तबार्ता प्रशारण गर्ने तयारी गरेको इमेज च्यानललाई उनले सो अन्र्तवार्ता प्रशारण नगर्न धम्की दिएका छन् ।

कार्कीको धम्कीका कारण अन्तिम अवस्थामा आएर केसीको अन्र्तवार्ता इमेज च्यानलको व्यवस्थापनले रोकेको छ । अन्र्तवार्ता प्रशारण गरेमा जे पनि हुन सक्ने धम्की इमेज ग्रुपका अध्यक्ष आरके मानन्धरलाई कार्कीले दिएपछि बाध्य भएर मानन्धरले रोकेको निकट स्रोतले बतायो ।

इमेज मात्रै होइन, लोकमानले अन्नपूर्ण पोष्ट दैनिक र रेडियो अन्नपूर्ण तथा नयाँ पत्रिका दैनिकलाई पनि आफ्नो पक्षमा पारेका छन् । दुबै राष्ट्रिय स्तरका ब्रोडसिट दैनिक र रेडियोले कार्कीको कुकृत्यका विरुद्ध अनसन बस्न लागेका डा. केसीको विरुद्ध प्राथमिकता दिएर मंगलबार प्रकाशन प्रसारण गरेका छन् ।

त्यतिमात्रै होइन, कार्कीले नदेखिने रुपमा लगानी गरी लोकान्तर डटकम नामक अनलाईन समेत सञ्चालनमा ल्याएका छन् । गोप्य रुपमा अन्य कुनैसंग लाइन मिलाएर द्रव्य उपलव्ध गराएपछि कार्कीका पक्षमा ठुला मिडिया लागेका हुन ।

आफ्नो विरुद्धमा लाग्ने जो सुकैलाई पनि कृर्ते कागज खडा गरेर दुःख दिने कार्कीका कारण पछिल्लो समय मुलुकका सबै संबैधानिक आयोगहरु बदनाम हुन लागेका छन् । तर, आफुलाई पनि फसाउने हो कि भन्ने डरले मुलुकका राजनीतिक दल उनको सम्वन्धमा मौनता साधेर बसिरहेका छन् । खबर अभियान टाइम्समा प्रकाशित भएको छ ।

LEAVE A REPLY